नेता पौडेलको प्रश्न– प्रधानमन्त्रीले नैतिकता देखाउनु नपर्ने हो ? « Khabarhub

नेता पौडेलको प्रश्न– प्रधानमन्त्रीले नैतिकता देखाउनु नपर्ने हो ?


२६ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता देखाउन पर्ने बताएका छन् ।

उनले प्रधानमन्त्रीले विश्वासको मत किन नलिएको भन्दै प्रश्न पनि उठाएका छन्। पौडेलले प्रधानमन्त्री आफैंले विघटन गरेको प्रतिनिधिसभा पुन:स्थापना हुँदा पनि नैतिकता देखाउनुनपर्ने हो? भनी प्रश्न गरेका हुन्।

उनले सबै राजनीतिक दलहरुसँग छलफल गरेर संसद्लाई सक्रिय बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे। सरकारले बिजनेस नदिएर फेरि विघटनलाई पुष्टि गर्ने काम नहोस् भन्दै उनले संविधान बनाउन आफूहरुको पनि योगदान रहेकाले संविधान नसिकाउन आग्रह गरे।

उनले भने, ‘संसद् र संसदीय समितिमा प्रतिनिधित्व गर्ने कुरा हामीलाई पनि थाहा छ । यो संसद् काम छैन भन्‍ने सरकारको धारणा हो भने यो लोकतन्त्रविपरीत हुनेछ। संसद्लाई जनताको कुरा सुन्‍ने थलो बनाइयोस्।’

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  २ : ४९ बजे

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा