प्रतिनिधिसभामा माओवादी केन्द्र तर्फका चार स्थान रिक्त « Khabarhub

प्रतिनिधिसभामा माओवादी केन्द्र तर्फका चार स्थान रिक्त


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा माओवादी केन्द्र तर्फका चार स्थान रिक्त भएका छन् । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार सांसदलाई पार्टीले कारबाही गरेको थियो । सोही कारबाहीको पत्र आज प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले पढेर सुनाएपछि चार स्थान रिक्त भएको हो ।

यसअघि पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई पदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको थियो ।

माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाएको पत्र संसद सचिवालयलाई पठाएको थियो ।

चारैजना सांसद अहिले मन्त्री छन् । उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् ।

राष्ट्रिय सभा सदस्य रहेका गृह मन्त्री रामबहादुर थापा ‘बादल’ को सांसद पद खारेज गर्न भने माओवादीले केन्द्रले पत्र पठाएको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ३ : ०९ बजे

देवानगञ्ज घटनापछि सीमा नाकामा कडा सुरक्षा, परिचय पत्र नबोक्ने भारतीयलाई नेपाल छिर्न निषेध

मोरङ- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा

कर्णाली– कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाही मुगु जिल्ला सोरु

सुकुम्वासीको पुकारा- अस्वस्थ शरीर र त्रसित मन लिएर कसरी बाँचौँ ? 

सरकारले खोला किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर लगाएपछि सयौँ परिवार

युवा आन्दोलनले मोदी सरकारलाई दबाब

एजेन्सी– परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको

आईसीसी टी- २० वरीयतामा वैभवको छलाङ : शुभमन फेरि एक दिवसीयको पहिलो नम्बरमा

काठमाडौं- आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा भारतका युवा ब्याटर वैभव