‘कोरोनाको समयमा प्रहरी अस्पतालले गरेको काम सराहनीय’ « Khabarhub

‘कोरोनाको समयमा प्रहरी अस्पतालले गरेको काम सराहनीय’


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को समयमा नेपाल प्रहरी अस्पतालले गरेको काम सराहनीय रहेको बताए ।

नेपाल प्रहरी अस्पतालको ३७ औँ वार्षिकोत्सवका अवसरमा आज महाराजगञ्जमा आयोजित कार्यक्रममा उनले कोभिड–१९ बाट सङ्क्रमण भएका प्रहरी कर्मचारीलाई सामान्य जीवनमा फर्काउनका निम्ति अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताए ।

महानिरीक्षक थापाले प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवाहरु कार्यान्वयन निरन्तर र दीर्घकालीन हुनुपर्ने उल्लेख गर्दै अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको समेत बताए ।

कार्यक्रममा महानिरीक्षक थापाले अस्पतालको बिलिङ तथा रिपोर्टको अनलाइन सेवा शुभारम्भ गर्नुका साथै अस्पताल दर्पण–२०७७ र नेपाल मेडिकल जर्नल विमोचन गरेका थिए ।

उनले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको रु दुई करोड अस्पतालका मेडिकल निर्देशक प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरेका थिए ।

अस्पतालका मेडिकल निर्देशक डा सिंहले प्रहरी अस्पताललाई समयनाकुल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम प्रविधि र पद्दतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको बताए ।

सो अवसरमा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, रमेशचन्द ठकुरी, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गरे ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ३ : ३३ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,