कोरोना महामारी फेरि बढे देशै ठप्प पार्ने अवस्था आउँछ : प्रधानमन्त्री ओली (भिडियोसहित) « Khabarhub

कोरोना महामारी फेरि बढे देशै ठप्प पार्ने अवस्था आउँछ : प्रधानमन्त्री ओली (भिडियोसहित)


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको बाटोमा रहेको र सरकार राष्ट्र निर्माणको अभियानमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसभा उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले धेरै बिग्रिएको देशलाई ट्रयाकमा ल्याउन केही समय लाग्ने भन्दै मुलुक समृद्धिको बाटोमा रहेको बताएका हुन् ।

सरकारले एउटा क्षेत्रको विकासमा मात्रै ध्यान नदिएको, हरेक क्षेत्रको विकासमा ध्यान दिइएको उनले बताए ।

उनले सरकार अल्पकालीन र दिर्घकालीन विकासको गतिमा अघि बढेको पनि धारणा राखे । प्रधानमन्त्री ओलीले मुलुकको विकासको अभियानमा राजनीतिकर्मी र व्यापारीलाई इमानमा हिँड्न आग्रह पनि गरे ।

हेरौँ भिडियो

७० वर्षको इतिहास बोकेको चेम्बर निजी क्षेत्रको ‘पायोनियर संस्था’ भएको उल्लेख गर्दै उनले देश विकासका लागि उद्योग क्षेत्रलाई अगाडि बढाउन जे जे आवश्यक छ, सरकार ती सबै काम गर्न तयार रहेको उल्लेख गरे ।

नेपालले अब आयातलाई भन्दा निर्यातलाई बढावा दिनुपर्ने र आवश्यक उत्पादन नेपालमा नै गर्नुपर्नेमा जोड दिए । फरक प्रसंगमा उनले पार्टीमा दुई अध्यक्ष हुँदा सरकार र पार्टी सञ्चालमा समस्या भएको भन्दै व्यवधानलाई पन्छाउँदै अघि बढेको जिकिर गरे । त्यस्तै, प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्ने भन्दै भयावह अवस्था आए देशै ठप्प पार्ने अवस्था आउन सक्ने बताए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ ले नेपालको अर्थतन्त्रलाई धेरै धक्का नदिएको बताए । त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र एक हुनुको विकल्प नभएको बताए । कार्यक्रममा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ४ : २९ बजे

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय