बलात्कार मुद्दाका फरार तीनजना पक्राउ | Khabarhub Khabarhub

बलात्कार मुद्दाका फरार तीनजना पक्राउ


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलात्कार र बलात्कार प्रयास गरेको मुद्दाका फरार ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानी घर भएका ४० वर्षीय दिनेश शाह, कटहरी गाउँपालिका–१ घर भएका अवधेश राय र गणेश दास छन् ।

जिल्ला अदालत मोरङले ०६८ मंसिरमा दिनेश शाहलाई २ वर्ष कैद सजाय हुने फैसला गरेको छ । उनलाई प्रहरीले विराटनगर–१५ ढाटबाट पक्रेर अदालत बुझाएको छ । अवधेश र गणेशले चैत १६ मा कटहरी गाउँपालिका–१ मा एकजना महिलालाई बलात्कार प्रयास गरेर भागेका थिए ।

उनीहरूलाई धनकुटाको भेडेटारबाट पक्राउ गरेर थप अनुसन्धान शुरु गरिएको जिप्रका मोरङका प्रवक्ता (डिएसपी) मानबहादुर राईले रातोपाटीलाई बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ४ : ५८ बजे

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

काठमाडौं– अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको

भोजपुर–काठमाडौं हवाई उडान थपिँदा बिरामीलाई सहज

भोजपुर– नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौं हवाई उडान थप गरेपछि जिल्ला

अफगानिस्तानमा बम विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल–  पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा विगतको युद्धको समयमा जमिन मुनि राखिएको विस्फोटक

अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु

झापा– पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा ४३औँ वार्षिक अनुष्ठानका