संसदको विशेष समयमा कसले के भने ? | Khabarhub Khabarhub

संसदको विशेष समयमा कसले के भने ?

प्रधानमन्त्री संसद छलेर भाग्न खोजेको कांग्रेसको आरोप


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओली संसद छलेर भाग्न खोजेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री संसद् छलेर भाग्न खोजेको भन्दै संसदमा आएर सांसदको प्रश्न फेस गर्न चूनौती दिए ।

उनले सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक हातमा लिएर प्रधानमन्त्रीले संसद बाहिर मिथ्यांक प्रस्तुत गर्दै हिडेको आरोप पनि लगाए ।

सरकारले गरेका कामका बारेमा पहिला आफूसँग आएर बहस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल उद्घाटन गर्न र ती सकिएपछि बालुवाटारमा खाली रहेको जग्गामा बन्ने घरको उद्घाटन गरेर बस्न भन्दै उनले व्यंग्य गरे ।

त्यस्तै थापाले मेलम्चीको खानेपानी योजनामा विगत वर्षौंदेखि काम भइरहेको तर सरकारले भने पछिल्लो ५७ दिनमा मात्रै सबै काम भएका हुन् भनेझैं प्रचार गरिरहेको तर्क गरे ।

सांसद थापाले सरकारले जनता र राष्ट्रको आवश्यकता र प्राथमिकताको विषयमा केन्द्रित हुनुको साटो पुराना सडक र ठेक्कै नभएको आयोजनाको उद्घाटन र शिलान्यासमा ध्यान केन्द्रित गरेको आरोप पनि लगााए ।

बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले सदनलाई बिजनेश नदिएर सदनका काम कारबाहीलाई रोक्ने काम नगर्न सरकारलाई सुझाव दिए ।

उनले अदालतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपनि प्रधानमन्त्री ओली त्यसतर्फ अग्रसर नभएको आरोप लगााए ।

मुलुक र जनताको आवश्यकताका आधारमा प्राथमिकीकरण गरी योजना छनोट गरी त्यस्ता नीति र कार्यक्रमको ठिक ढङ्गले कार्यान्वयन गर्न उनले सुझाव दिए ।

बैठकमा नेकपा (एमाले) का लालबाबु पण्डितले संसद् र संसदीय व्यवस्थामाथि प्रश्न उठे सभामुखको भूमिकाप्रति पनि प्रश्न उठ्ने भएकाले प्रभावकारी भूमिका खेल्न सुझाव दिए ।

‘जनताले आशा गरेका विधेयकलाई अघि बढाउन प्रधानमन्त्री, मन्त्री वा सांसद कसले रोकेको छ ?’, सांसद पण्डितले प्रश्न गरे । सदनको कामलाई चुस्त र प्रभावकारी तुल्याउन सभामुखबाट पहलकदमीको खाँचो रहेको उहाको भनाइ छ ।

त्यस्तै एमालेकै सांसद महेश बस्नेतले प्रतिपक्षी र सरकारको समर्थन गरिरहेको दललाई केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको विकल्प खोजेमा आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताए ।

वर्तमान सरकारले विभिन्न क्षेत्रमा व्यापक विकास गरेको, सुशासन कायम गरेको बस्नेतको भनाइ छ ।

बैठकमा जसपाका लीलादेवी सिटौलाले पाँच वर्षका लागि जनताले दिएको विश्वासलाई अवज्ञा नगर्न प्रधानमन्त्रीलाई आग्रह गरिन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाडौँ उपत्यकामा बढिरहेको अव्यवस्थित बसोबासलाई रोक्न प्रभावकारी कदम चल्न तथा म्यान्मारको विषयमा एकपक्षीय ढङ्गबाट मात्र नबुझ्न सरकारलाई सुझाव दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १० : ५९ बजे

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण

रास्वपा छाड्दै सुमनाले भनिन्- गल्तीमाथि गल्ती गर्दै जानेलाई सधैं बोक्न सकिँदैन

काठमाडौं–  पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

काठमाडौं– बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८

सरकारले युवाको भावना समेटेर अगाडि बढ्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आठ मार्चमा गरेको जेन-जीको

‘पदको रसस्वादन गर्न आएको होइन, नयाँ संसद्‌ र मन्त्रीलाई दायित्व सुम्पिएर बाहिरिन्छौँ

काठमाडौँ – अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफू पदको रसस्वादन