संसदको विशेष समयमा कसले के भने ? « Khabarhub

संसदको विशेष समयमा कसले के भने ?

प्रधानमन्त्री संसद छलेर भाग्न खोजेको कांग्रेसको आरोप


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओली संसद छलेर भाग्न खोजेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री संसद् छलेर भाग्न खोजेको भन्दै संसदमा आएर सांसदको प्रश्न फेस गर्न चूनौती दिए ।

उनले सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक हातमा लिएर प्रधानमन्त्रीले संसद बाहिर मिथ्यांक प्रस्तुत गर्दै हिडेको आरोप पनि लगाए ।

सरकारले गरेका कामका बारेमा पहिला आफूसँग आएर बहस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल उद्घाटन गर्न र ती सकिएपछि बालुवाटारमा खाली रहेको जग्गामा बन्ने घरको उद्घाटन गरेर बस्न भन्दै उनले व्यंग्य गरे ।

त्यस्तै थापाले मेलम्चीको खानेपानी योजनामा विगत वर्षौंदेखि काम भइरहेको तर सरकारले भने पछिल्लो ५७ दिनमा मात्रै सबै काम भएका हुन् भनेझैं प्रचार गरिरहेको तर्क गरे ।

सांसद थापाले सरकारले जनता र राष्ट्रको आवश्यकता र प्राथमिकताको विषयमा केन्द्रित हुनुको साटो पुराना सडक र ठेक्कै नभएको आयोजनाको उद्घाटन र शिलान्यासमा ध्यान केन्द्रित गरेको आरोप पनि लगााए ।

बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले सदनलाई बिजनेश नदिएर सदनका काम कारबाहीलाई रोक्ने काम नगर्न सरकारलाई सुझाव दिए ।

उनले अदालतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपनि प्रधानमन्त्री ओली त्यसतर्फ अग्रसर नभएको आरोप लगााए ।

मुलुक र जनताको आवश्यकताका आधारमा प्राथमिकीकरण गरी योजना छनोट गरी त्यस्ता नीति र कार्यक्रमको ठिक ढङ्गले कार्यान्वयन गर्न उनले सुझाव दिए ।

बैठकमा नेकपा (एमाले) का लालबाबु पण्डितले संसद् र संसदीय व्यवस्थामाथि प्रश्न उठे सभामुखको भूमिकाप्रति पनि प्रश्न उठ्ने भएकाले प्रभावकारी भूमिका खेल्न सुझाव दिए ।

‘जनताले आशा गरेका विधेयकलाई अघि बढाउन प्रधानमन्त्री, मन्त्री वा सांसद कसले रोकेको छ ?’, सांसद पण्डितले प्रश्न गरे । सदनको कामलाई चुस्त र प्रभावकारी तुल्याउन सभामुखबाट पहलकदमीको खाँचो रहेको उहाको भनाइ छ ।

त्यस्तै एमालेकै सांसद महेश बस्नेतले प्रतिपक्षी र सरकारको समर्थन गरिरहेको दललाई केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको विकल्प खोजेमा आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताए ।

वर्तमान सरकारले विभिन्न क्षेत्रमा व्यापक विकास गरेको, सुशासन कायम गरेको बस्नेतको भनाइ छ ।

बैठकमा जसपाका लीलादेवी सिटौलाले पाँच वर्षका लागि जनताले दिएको विश्वासलाई अवज्ञा नगर्न प्रधानमन्त्रीलाई आग्रह गरिन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले काठमाडौँ उपत्यकामा बढिरहेको अव्यवस्थित बसोबासलाई रोक्न प्रभावकारी कदम चल्न तथा म्यान्मारको विषयमा एकपक्षीय ढङ्गबाट मात्र नबुझ्न सरकारलाई सुझाव दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १० : ५९ बजे

सेतो मच्छिन्द्रनाथ : करुणा, वर्षा र जीवनसँग जोडिएको परम्परा

काठमाडौँ उपत्यकाको मुटुमा सेतो मच्छिन्द्रनाथ केवल एक धार्मिक देवता होइन,

लाइसेन्स, नागरिकता र पासपोर्ट घर–घरमै पुर्‍याउने बालेन सरकारको योजना

काठमाडौं- वडाबाट सामान्य सिफारिसपत्र बनाउनदेखि संघबाट दिइने सेवा लिन जनताले

कांग्रेसको देउवा पक्षबाट केन्द्रीय समिति बैठक र जिल्ला सभापतिहरुको भेला आह्वान

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ