पत्रकार महासंघ निर्वाचन : चितवन र काभ्रेमा लोकतान्त्रिक गठबन्धन विजयी « Khabarhub

पत्रकार महासंघ निर्वाचन : चितवन र काभ्रेमा लोकतान्त्रिक गठबन्धन विजयी


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासंघको निर्वाचनमा चितवन, काभ्रे र तनहुँमा प्रेस युनियन नेतृत्वको गठबन्धनले जीत हात पारेको छ ।

महासङ्घ चितवनको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुख नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा नेपाल प्रेस युनियन नेतृत्वको गठबन्धनका उम्मेदवार अधिकारीले निकटम प्रतिद्वन्द्वी प्रेस चौतारीका उम्मेदवार तिलक रिमाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष अधिकारीले १४६ मत प्राप्त गरे भने निकटम प्रतिद्वन्द्वी रिमालले ११२ मत प्राप्त गरे । अर्का अध्यक्षका उम्मेदवार सूर्य प्रकाश कँडेलले चार मत प्राप्त गरे ।

यसैगरी महासङ्घको खुल्ला उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, महिला उपाध्यक्षमा प्रमिता ढकाल, सचिवमा दीपेन्द्र अधिकारी, समावेशी सहसचिवमा उर्गेन तामाङ, खुल्ला सहसचिवमा आनन्द पोखरेल र कोषाध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा शोभा पुडासैनी, एलिना पोख्रेल (प्रिति), तुलमान गुरुङ, अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, विप्लव काफ्ले, सरिता पौडेल, विवेक पोखरेल, ज्ञानेन्द्र तामाङ र समिक्षा पुरी विजयी भएका छन् ।

यस्तै, पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्षमा प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका छन् । तिमल्सिनाले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईंलाई १७ मतको अन्तरले पछाडि पार्दै ६८ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा विनोद न्यौपाने, महिला उपाध्यक्षमा सुनिता सापकोटा, सचिवमा कपिल कोइराला, कोषाध्यक्ष केदारनाथ तिमल्सिना, खुल्ला सहसचिवमा सरोज अधिकारी, समावेशी सह–सचिवमा जगतमान बल तामाङ विजयी भएका छन् ।

सदस्यमा क्रमशः अशोक महत, देवराज केसी, मोहनकुमार तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त र सुरज श्रेष्ठ विजयी भएका छन् । कार्य समितिको अपाङ्गता सदस्यमा रामचन्द्र छन् ।

महासङ्घ केन्द्र र प्रदेशमा तनहुँका तीन निर्वाचित

नेपाल पत्रकार महासङ्घ केन्द्रीय र गण्डकी प्रदेश समितिमा तनहुँबाट तीन जना निर्वाचित भएका छन् ।

महासङ्घको केन्द्रीय समितिमा प्रदीप काफ्ले, गण्डकी प्रदेश समितिको उपाध्यक्षमा सोनी शर्मा र प्रदेश सदस्य पदमा सानेबहादुर नेपाली निर्वाचित भएका हुन् । तीन जना प्रेस युनियन र प्रेस सेन्टर प्यानलबाट निर्वाचित भएका हुन् ।

महासङ्घ तनहुँ शाखाका पूर्वअध्यक्ष रहेका काफ्लेले ५५३ मत प्राप्त गरेका छन् । त्यस्तै शाखाका निवर्तमान उपाध्यक्ष रहेकी शर्माले ५५२ र नेपालीले ५२० मत प्राप्त गरे । पत्रकार महासङ्घ जिल्ला शाखामा भने प्रेस चौतारी र प्रेस मञ्चका संयुक्त उम्मेदवार उज्वल पौडेल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : ४० बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा