करोड क्लबमा अनिलाको ‘टलटल टल्किने’ « Khabarhub

करोड क्लबमा अनिलाको ‘टलटल टल्किने’


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका अनिला राईको स्वर रहेको गीत ‘टलटल टल्किने’ करोड क्लबमा प्रवेश गरेको छ । यो गीतमा अनिलालाई गायक राजेशपायल राईले स्वरमा साथ दिएका छन् ।

यो गीत फिल्म ‘वीरविक्रम’मा समावेश छ । नयाँ एलबमको तयारी गरिरहेकै बेला आफूले गाएको गीतले करोड बढी दर्शक पाएपछि अनिला दंग छिन् ।

‘एल्बमको तयारी गरिरहेकै बेला ‘टलटल टल्किने’ गीतले करोडभन्दा बढी भ्युअर्स पाएको छ । दर्शक तथा श्रोताको यो मायाले खुसी लागेको छ,’उनले भनिन् ।

करिब डेढ दशकदेखि बेलायतमा बस्दै आएकी गायिका अनिलाले त्यहाँ बसेर पनि नेपाली गीतसंगीतलाई निरन्तर अँगाल्दै आएकी छन् ।

लोकदेखि आधुनिक र फिल्म गीतसम्म गाउँदै आएकी अनिलाका गीतहरु दर्शक तथा श्रोताले पनि रुचाएका छन् । यसैक्रममा ‘टलटल टल्किने’ गीत करोड क्लवमा प्रवेश गरेको हो ।

पछिल्लो समय ‘स्वरांकन’ नामक एल्बम निकालेकी अनिलाले केही महिनापछि नयाँ एल्बम ल्याउन लागेको बताइन् । अनिलाका ‘बादलसँगै’, ‘ए साँइला’, ‘मेरो नजर’, ‘तिमी बाहेक’, ‘आँखाभरी’जस्ता दर्जनौँ गीत चर्चित छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १२ : १० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार