प्रदेशसभाको ‘बाध्यात्मक’ बैठक चैत ३० गते बोलाइयो « Khabarhub

प्रदेशसभाको ‘बाध्यात्मक’ बैठक चैत ३० गते बोलाइयो


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लामो समयपछि प्रदेश २ प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा चैत ३० गतेका लागि ‘बाध्यात्मक’ बैठक बोलाइएको हो ।

प्रदेशसभा बैठक प्रत्येक ६ महिनामा अनिवार्य बस्नुपर्ने कानूनी प्रावधान छ । वैशाख ३ गते बैठक बस्ने अन्तिम मिति रहको हुनाले प्रदेश सरकारको सिफारिसमा बाध्यात्मक बैठक बोलाइएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।

संसद बैठक अघि कार्यव्यवस्था समितिको बैठक बस्नु पर्ने हुन्छ । कार्यव्यवस्था बैठक आह्वान गरिए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा लामो समयदेखि बैठक अन्यौलमा परेको छ ।

नेपाल क्मयुनिस्ट पार्टी (नेकपा) विभाजन र जनता समाजवादी पार्टी (जसपा) एकताका कारण कार्यव्यवस्था समितिको सदस्य फेरबदल भएका छन् ।

प्रदेशसभा सचिवालयले नेकपा र जसपालाई पटक–पटक सदस्यको नाम सिफारिस गर्न पत्राचार गरे पनि सदस्यको नाम सिफारिस गरेको छैन ।

पार्टीले सदस्यको नाम सिफारिस गर्न नसक्दा सदन नै अन्योलमा परेको उनको भनाइ छ ।

कार्तिक ४ गते बैठक बसेर चौथौं अधिवेशन सम्पन्न भएको थियो । पाँच महिना तीन दिनपछि पाँचौं अधिवेशन सुरु हुन लागेको हो ।
लामो समयसम्म प्रदेशसभा बैठक नबोलाइएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले सरकारको आलोचना गर्दै आएका छन् ।

केही महिना अगाडी बैठक बोलाउन माग गर्दै काँग्रेस र तत्कालीन नेकपाले समेत मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : ५९ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि