कोरोना संक्रमणको ग्राफ बढ्दो, २४ घण्टामा ३३७ संक्रमित थपिए « Khabarhub

कोरोना संक्रमणको ग्राफ बढ्दो, २४ घण्टामा ३३७ संक्रमित थपिए


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३२ नमुनाको पीसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि हिजो ४ हजार ७१ नमुनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको छ । बितेको २४ घन्टामा १ सय ५१ जना निको भएका छन् ।

नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ८ सय ८६ पुगेको छ। यस्तै, कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ३ हजार ३९ रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ४ : ५५ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार