‘व्यास पराशर क्षेत्रले पर्यटनमा ठूलो योगदान दिन सक्छ’ « Khabarhub

‘व्यास पराशर क्षेत्रले पर्यटनमा ठूलो योगदान दिन सक्छ’


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रले नेपालको पर्यटनमा महत्वपूर्ण योगदान दिनसक्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलको सौन्दर्य अभिवृद्धि गर्ने सन्दर्भमा आज व्यास नगरपालिकामा आयोजित छलफल कार्यक्रममा उनले व्यास पराशर क्षेत्रलाई हिन्दूहरुको पवित्र धार्मिकस्थल बनाउन थालिएको प्रयास सराहनीय रहेको बताए ।

वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ परिचित गराउन विगतदेखि नै प्रयास हुँदै आएको बताउँदै पौडेलले भने, “व्यास र पराशर क्षेत्रलाई जोड्ने झोलुङ्गे पुलको सौन्दर्य अभिवृद्धि गरी यस क्षेत्रको धार्मिक पर्यटन वृद्धि गर्न थालिएको प्रयास सकारात्मक छ, छिटोभन्दा छिटो यो कामलाई सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्छ ।”

व्यास–५ मानुङकोट पनि विकासका क्रममा अगाडि बढिसकेको र व्यास पराशर क्षेत्रलाई पनि विकास गर्न सकिए सुनमा सुगन्ध हुने वरिष्ठ नेता पौडेलको भनाइ थियो । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने प्रयास शुरु भएको बताए ।

व्यास–३ र ५ जोड्ने मादी नदीमाथि निर्माण भएको पुललाई व्यास झुलाका रूपमा विकास गर्न खोजिएको छ । पुलको सौन्दर्य अभिवृद्धिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । डिपिआरअनुसार पुलको सौन्दर्य अभिवृद्धि लागि रु ५९ लाख ७२ हजार ३९ बजेट आवश्यक पर्ने परामर्शदाता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

उहाँका अनुसार पुलमा बत्ती जडान गरी आकर्षक बनाउन खोजिएको छ । “पुलमा जडान गरिने बत्तीले यो क्षेत्र धेरै पर्यटकको रोजाइमा पर्नसक्छ”, पाण्डेले भने । पुलमा बत्ती जडानका लागि मात्रै रु २० लाख १६ हजार ३१६ बजेट आवश्यक पर्ने देखिएको छ ।

व्यास झुलाको दुवैतर्फको प्रवेशद्वार पनि आकर्षक बनाइनेछ । प्रवेशद्वार डुङ्गा आकारको बनाइनेछ जहाँ पराशर र सत्यवतीको आकृतिसमेत झल्काइनेछ । “व्यासका पिता पराशर र सत्यवतीको मिलन मादी तर्दा डुङ्गामा भएकाले प्रवेशद्वार डुङ्गा आकारमा बनाउन लागिएको छ”, उनले भने ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ९ : ३० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन