‘व्यास पराशर क्षेत्रले पर्यटनमा ठूलो योगदान दिन सक्छ’ | Khabarhub Khabarhub

‘व्यास पराशर क्षेत्रले पर्यटनमा ठूलो योगदान दिन सक्छ’


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रले नेपालको पर्यटनमा महत्वपूर्ण योगदान दिनसक्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुलको सौन्दर्य अभिवृद्धि गर्ने सन्दर्भमा आज व्यास नगरपालिकामा आयोजित छलफल कार्यक्रममा उनले व्यास पराशर क्षेत्रलाई हिन्दूहरुको पवित्र धार्मिकस्थल बनाउन थालिएको प्रयास सराहनीय रहेको बताए ।

वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ परिचित गराउन विगतदेखि नै प्रयास हुँदै आएको बताउँदै पौडेलले भने, “व्यास र पराशर क्षेत्रलाई जोड्ने झोलुङ्गे पुलको सौन्दर्य अभिवृद्धि गरी यस क्षेत्रको धार्मिक पर्यटन वृद्धि गर्न थालिएको प्रयास सकारात्मक छ, छिटोभन्दा छिटो यो कामलाई सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्छ ।”

व्यास–५ मानुङकोट पनि विकासका क्रममा अगाडि बढिसकेको र व्यास पराशर क्षेत्रलाई पनि विकास गर्न सकिए सुनमा सुगन्ध हुने वरिष्ठ नेता पौडेलको भनाइ थियो । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने प्रयास शुरु भएको बताए ।

व्यास–३ र ५ जोड्ने मादी नदीमाथि निर्माण भएको पुललाई व्यास झुलाका रूपमा विकास गर्न खोजिएको छ । पुलको सौन्दर्य अभिवृद्धिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । डिपिआरअनुसार पुलको सौन्दर्य अभिवृद्धि लागि रु ५९ लाख ७२ हजार ३९ बजेट आवश्यक पर्ने परामर्शदाता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

उहाँका अनुसार पुलमा बत्ती जडान गरी आकर्षक बनाउन खोजिएको छ । “पुलमा जडान गरिने बत्तीले यो क्षेत्र धेरै पर्यटकको रोजाइमा पर्नसक्छ”, पाण्डेले भने । पुलमा बत्ती जडानका लागि मात्रै रु २० लाख १६ हजार ३१६ बजेट आवश्यक पर्ने देखिएको छ ।

व्यास झुलाको दुवैतर्फको प्रवेशद्वार पनि आकर्षक बनाइनेछ । प्रवेशद्वार डुङ्गा आकारको बनाइनेछ जहाँ पराशर र सत्यवतीको आकृतिसमेत झल्काइनेछ । “व्यासका पिता पराशर र सत्यवतीको मिलन मादी तर्दा डुङ्गामा भएकाले प्रवेशद्वार डुङ्गा आकारमा बनाउन लागिएको छ”, उनले भने ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ९ : ३० बजे

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

काठमाडौं- बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका

सुनसान छ रामेछाप विमानस्थल

मन्थली– कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

काठमाडौं–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परम्परागत ज्ञान, सीप

बसुन्धरा–कोटेश्वर खण्डमा चक्रपथ साँघुरो पार्ने पाँच विवाद

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँको भित्री चक्रपथको कुल लम्बाइ २६.८

डेङ्गी सङ्क्रमणको जोखिम कायमै, थप सचेत रहन आग्रह

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले