नेपालमा गैँडाको सङ्ख्या बढेपछि मन्त्री आले खुशी « Khabarhub

नेपालमा गैँडाको सङ्ख्या बढेपछि मन्त्री आले खुशी


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा यस वर्ष एकसिङ्गे गैँडाको सङ्ख्यामा वृद्धि भएपछि खुशी व्यक्त गरेका छन् । चितवनमा आज सार्वजनिक गरिएको राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजाले नेपालमा गैँडाको सङ्ख्यामा वृद्धि भएको देखाएपछि मन्त्री आलेले खुशी व्यक्त गरेका हुन् ।

पाँच वर्षअघिको तुलनामा यस वर्ष १०७ वटा गैँडा वृद्धि भएको छ । नेपालमा गैँडाको बासस्थानको सुरक्षा तथा आहाराका लागि सरकारले गरेको योगदान पछिल्लो समय सफल हुँदै गएको मन्त्री आलेले बताए ।

उनले भने, “वन्यजन्तु संरक्षणको क्षेत्रमा नेपालले गरेको योगदान अहिले सफल हुँदै आएको छ, जसको परिणाम आज सार्वजनिक गरिएको गैँडाको सङ्ख्यामा देखियो ।” नेपालमा गैडाको सङ्ख्या अबका वर्षहरुमा पनि बढ्दै जाने मन्त्री आलेले विश्वास व्यक्त गरे ।

यस वर्षको गणनामा नेपालमा एकसिङ्गे गैँडाको सङख्या ७५२ पुगेको छ । यस वर्ष गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लफाँटा वन्यजन्तु आरक्षमा १७ र पर्सा वन्यजन्तु आरक्षमा तीनवटा गैँडा भेटिएका हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै