हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत | Khabarhub Khabarhub

हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट- सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ ।

जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ गते लिमिटेडको बिक्री वितरण विभाग, प्रधान कार्यालय काठमाडौँमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो ।

“लिमिटेडले सिमकोट केन्द्रका लागि १४ हजार क्विन्टल चामल माग गरे पनि चैत २६ गते केन्द्रको परिपत्रअनुसार जम्मा सात हजार क्विन्टल मात्रै स्वीकृत भएको छ’, अधिकारीले भने, “तर विगतका वर्षहरु भन्दा यतिबेला पहिलो पटक धेरै खाद्यान्न स्वीकृत भएको हो ।”

स्वीकृत भएको कोटाको चामल कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ढुवानी हुने बताइएको छ । जिल्लाको मागअनुसार स्वीकृत भएको खाद्यान्न निजी विमान कम्पनी सीता एयरले ढुवानी गर्नेछ ।

चामल ढुवानीका लागि सीता एयरलाई जानकारी समेत गराइसकिएको र अबको केही दिनदेखि नियमितरूपमा चामल ढुवानी गर्ने भएको सीता एयरको सिमकोट स्टेसन सहायक इन्चार्ज सूर्य लामाले बताए ।

हुम्लामा स्थानीय उत्पादनले वर्षभर खान नपुग्ने भएपछि चामलका लागि हानथाप हुने र जहिले पनि समस्या हुने गरेको छ ।

चर्को खडेरीका बीच जेठमा पाक्ने गहुँ बाली पनि अपेक्षाकृत रूपमा नफल्ने भएपछि सरकारले यो समयमा स्वीकृत गरेको चामलको कोटाले चामल वितरणमा खासै समस्या नहुने बताइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ९ : ४५ बजे

अमेरिकी सरकारले बालबालिका र गर्भवतीलाई कोभिड भ्याक्सिन सिफारिस नगर्ने

एजेन्सी – अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले बालबालिका र

नवराजपुर गापाका पूर्वअध्यक्ष यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी,

सूर्योदय नगरपालिकाको योजना – पशुपालनलाई प्रोत्साहन, दैनिक दुई लाख लिटर दूध उत्पादन

इलाम – यहाँको सूर्योदय नगरपालिकाले व्यावसायिक पशुपालन गर्न किसानलाई प्रोत्साहित

हार्वर्डसँग बाँकी सङ्घीय सम्बन्ध तोड्ने ट्रम्प प्रशासनको प्रयास जारी

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयलाई अभूतपूर्व निगरानीको

इन्द्रावती नदीमा सेनाले गर्‍यो उद्धार अभ्यास प्रदर्शन

काभ्रेपलाञ्चोक – नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन,