ट्रकले कारलाई ठक्कर दिँदा नेकपाका चार नेता घाइते « Khabarhub

ट्रकले कारलाई ठक्कर दिँदा नेकपाका चार नेता घाइते


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका छन् । बुधबार दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कारलाई नारायणघाटबाट दाङको घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट कारको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने कार नालिमा फसेको छ ।

ट्रकको ठक्करबाट कारमा सवार चार जना घाइते भएका छन् । उनीहरु सत्तारुढ नेकपाका स्थानी नेता हुन् । दुर्घटनामा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन्। दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य, शिवानन्द गिरी घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गको शितगंगा नगरपालिक–८ अर्घाखाँचीमा उक्त दुर्घटना भएको हो । घाइते सबैलाई दाङमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको दाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १ : ०३ बजे

अजित मिजारका परिवारसँग मन्त्री वादीको भेट

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

ओलीको अपमान खेपेका थपलियालाई पूर्वराष्ट्रपतिले अस्पतालमै पुगेर ढाडस दिइन्

काठमाडौं- तीन दिनअघि वीर अस्पतालमा भर्ना भएका नेकपा एमाले बागमती

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक प्रस्तुत भएका छन् ।