विद्युतको प्रतीक्षामा कालीकोटवासी « Khabarhub

विद्युतको प्रतीक्षामा कालीकोटवासी


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- कालीकोटवासी झण्डै एक वर्षदेखि विद्युतको प्रतीक्षामा छन् ।

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको सान्तीघाट साना जलविद्युत् आयोजना अवरोध भएको १० महिना बितिसक्दा समेत मर्मत नहुँदा कालीकोटवासी एक वर्षदेखि विद्युत्को प्रतीक्षामा रहेका हुन् ।

सान्तीघाट जलविद्युत् आयोजना हालसम्म नबन्दा जिल्ला सदरमुकाममा हाल जेनेरेटरको माध्यमबाट दैनिक दुई घण्टा बत्ती दिने गरिएको छ ।

कालीकोटवासीलाई भने जलविद्युत् आयोजना कहिले बन्ला र विद्युत् कहिले आउला भन्ने पिरलो छ । यसको मर्मत हुने कुनै आधार नभएकाले विद्युत्का पोल र तारका लाइन हेरेर चित्त बुझाउने अवस्था आएको खाँडाचक्र नगरपालिका–१ का स्थानीयवासी प्रेमबहादुर शाहीले बताए । उनले विद्युत् नियमित नहुँदा दैनिक कामकाजमा असर पार्ने गरेको बताए ।

कालीकोटका सान्तीघाट जलविद्युत् आयोजना र राष्ट्रिय प्रसारण लाइनका विद्युत्का पोल र लाइन गाउँमा आए पनि बत्ती कहिले आउला भनेर बाटो हेरेर बसेको रास्कोट नगरपालिका–६ का विक्रमबहादुर शाहीले बताए ।

विद्युत् तारको लाइन आइपुग्दा बत्ती पनि छिटो सञ्चालन गर्न माग गरे । “नगरका सबै वडामा पोल गाडेर तार तान्ने काम भइसकेको छ तर बत्ती आउने कुनै टुङ्गो छैन”, उनले भने ।

कालीकोटको एक मात्र आयोजना सान्तीघाट जलविद्युत् आयोजनाको उत्पादन भइरहेको विद्युत् बिग्रेकाले बनाउने काम भइरहेको छ ।

सान्तीघाटभन्दा राष्ट्रिय प्रसारण लाइन ल्याउने गरी गाउँमा विद्युतीकरणको काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।

गाउँमा लाइन विस्तार गरेर ठिक्क पार्ने र राष्ट्रिय प्रसारण लाइन आउनेबित्तिकै गाउँमा बत्ती दिने कार्यालयको योजना रहेको वितरण केन्द्र्रका प्राविधिक शिवचन्द्र चौलागाईँले बताए ।

“पहिला गाउँगाउँमा विद्युत्का पोल र तार तान्ने काम भइरहेको छ”, उनले भने, “त्यो काम चाँडै सम्पन्न हुन्छ, राष्ट्रिय प्रसारण लाइन जोड्ने काम हुनेछ ।”

आर्थिक सर्वेक्षण, २०७५ अनुसार कर्णालीका ७३ प्रतिशत जनता विद्युत् पहुँचभन्दा टाढा छन् । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये हुम्ला, जुम्ला, कालीकोट, डोल्पा र मुगु जिल्लाका ४३ स्थानीय तहमा अझै विद्युत्को पहुँच पुग्न सकेका छैनन् ।

कर्णालीका १७ लाख ७० हजार नागरिकमध्ये अझै ७३ प्रतिशत जति बत्तीविहीन छन् । कर्णालीमा नौ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो तर साविक कर्णाली अञ्चलका ८० प्रतिशत नागरिक अँध्यारोमै दिन गुजारा गर्छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : १५ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको