प्रदेश २ प्रमुख डा. अहिराजले गरे गोरखा दरबारको अवलोकन | Khabarhub Khabarhub

प्रदेश २ प्रमुख डा. अहिराजले गरे गोरखा दरबारको अवलोकन


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– सप्ताहव्यापी देशदर्शन अभियानमा रहेका प्रदेश २ प्रमुख डा. राजेश अहिराजले पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा दरबार संग्रहालयमा रहेका ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन् ।

मनाङ्ग र मुस्ताङ्गको भ्रमण सकेर प्रदेश प्रमुख अहिराज शनिबार गोरखा पुगेका हुन् । गोरखा भ्रमणको क्रममा उनले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको दरबार भ्रमण गरी शाहको शालिकमा माल्यार्पण गरे । त्यसअघिउनले गोरखकाली भगवती तथा गोरखनाथको पनि पूजाअर्चना गरेका थिए।

प्रदेश प्रमुख अहिराजले माक्र्सवाद, लेनिनवाद, माओवादको मूल आधार पृथ्वीनारायण शाहको दिव्योपदेश भएको चर्चा गरे ।
‘विश्वका ठूल्ठूला नेताहरुले प्रतिपादन गरेका सिद्धान्तभन्दा पनि पृथ्वीनारायण शाहको दिव्योपदेश हाम्रो देशको माटो, हावापानी सुहाउँदो ‘वाद’ भएकाले समुन्नत नेपाल निर्माणका लागि पर्याप्त छ,’उनले भने ।

गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल, प्रहरी प्रमुख एसपी शैलेन्द खनाल, गोरखा दरबारका प्रमुख हरि भुसाल, गोरखा दरबार संग्रहालय प्रमुख नवराज अधिकारी पनि त्यसअवसरमा उपस्थित थिए ।

गोरखाको भ्रमण सकेर उनी नुवाकोट भ्रमणमा गएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : ४७ बजे

ब्रम्हायणी मेलासँगै भक्तपुरको शक्तिपिठमा भक्तजनको घुइँचो

भादगाउँ– नवरात्रको अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानैदेखी भक्तजनको घुइँचो

नेपालीवाद : दलीय राजनीति पुनर्ताजगीको अन्तिम अस्त्र

नयाँ पुस्ताले चर्को आन्दोलन गरेपछि पछिल्लो पुस्ताले भरिएका दलमा नेतृत्व

बागमती प्रदेशका क्षतिग्रस्त भवन मर्मत गरी पुनः प्रयोगमा ल्याइने

बागमती– जेन-जी आन्दोलनका क्रममा यही भदौ २४ गते तोडफोड र

रास्वपाबाट केन्द्रीय समिति बैठक आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको

तीन महिनामा पनि खुलेन पर्सामा फैलिएको हैजाको स्रोत, संक्रमित बढ्दै

मधेस प्रदेशको पर्सामा फैलिएको हैजाको पकोेप अझै नियन्त्रणमा आउन सकेको