भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि « Khabarhub

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि भएका आठमध्ये सात दशरथचन्द नगरपालिकाका छन् भने एक जना दोगडाकेदारका रहेका छन् । सङ्क्रमित आठै जना होम आइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । सीमा नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालन गरिएको हो ।

सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने

भारतबाट फर्केका नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि बैतडी सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने भएको छ । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले कोरोना सङ्क्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको हो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले वीरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

भारतसँग सीमा जाडिएको झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको हो ।

यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिकमध्ये कसैमा कोरोना देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका कुराहरुमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

यस्तै सरकारले कोरोना सङ्क्रमणबाट बच्नका लागि २५ जनाभन्दा भीडभाड हुने खालका क्रियाकलाप नगर्न अनुरोधसमेत गरेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै सीमा नाकामा समेत उच्च सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ११ : ३९ बजे

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल