विविध कार्यक्रम गरी ‘नेपाल विकास अनुसन्धान प्रतिष्ठान’ले वार्षिकोत्सव मनाउँदै « Khabarhub

विविध कार्यक्रम गरी ‘नेपाल विकास अनुसन्धान प्रतिष्ठान’ले वार्षिकोत्सव मनाउँदै


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) ले यही चैत्र ३१ गते विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने भएको छ ।

१८ औँ वर्ष पूरा गरी १९ औँ वर्ष प्रवेश गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्न लागेको हो ।

नेपालमा आवश्यक पर्ने नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ वि.स. २०६० मा स्थापना भएको गैर नाफामूलक, गैर राजनितिक सोच केन्द्र (थिंक टयांङ्क) हो ।

नेविअप्रले द्रुत आर्थिक विकासका लागि अनुसन्धान अपरिहार्य हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै देशको नीति नियम निर्माणमा नेपाल सरकार र अन्य सरोकारवालालाई आवश्यक सहयोग पुर्‍याउँदै आएको छ ।

मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यता रहनेछ । सो अवसरमा उनले “सामजिक न्याय, सुशानस र विकास”का विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै उक्त समारोहमा प्रतिष्ठानद्वारा तयार पारिएको ‘सर्टिङ नेटवर्क’ सम्बन्धी शैक्षिक सामाग्रीहरू वितरण गरिने जनाइएको छ । यी सामग्रीहरू विद्यालयस्तरका बालबालिकाहरूलाई कम्प्युटर शिक्षा पठनपाठनको लागि विशेष उपयोगी रहेका छन् ।

उक्त कार्यक्रममा पररास्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थिति रहनेछ साथै कार्यक्रममा पूर्वमन्त्री, सचिव, पूर्वसचिव, विश्व विद्यालयका उपकुलपति, पूर्व उपकुलपति, विदेशी कुटनीतिज्ञहरू, विद्वत वर्ग, विकासकर्मी, नागरिक समाज, राजनीतिज्ञ लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य, वातवरण, भाषा, जलवायु परिवर्तन सम्बन्धी सामग्रीहरुको समते प्रदर्शन गरिने छ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : ५३ बजे

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल