केन्द्रको निर्देशन अनुसार अघि बढ्ने जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलको निर्णय « Khabarhub

केन्द्रको निर्देशन अनुसार अघि बढ्ने जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलको निर्णय


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश सभा संसदीय दलको बैठकले पार्टी केन्द्रले दिने निर्देशन अनुसार अघि बढ्ने निर्णय गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले केन्द्रीय निर्णय अनुसार मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङको पक्ष वा विपक्षमा लाग्ने निर्णय गर्नेगरि सकिएको सांसद पियारी थापाले बताइन् ।

तीन सिट रहेको जनमोर्चा सत्ताको निर्णायक दल भएपछि प्रतिपक्ष र सत्ता पक्ष दुवैले फकाउन थालेका छन् । मुख्यमन्त्री गुरुङले राजीनामा दिएका माओवादीका मन्त्रीहरूको स्थानमा जनमोर्चालाई समावेश गर्दै सत्ता गठबन्धन बलियो बनाउने भन्दै फकाइरहेका छन् भने नेपाली कांग्रेसल लगायतका दलले ओली विरुद्धको मोर्चाबन्दी बनाउनुपर्ने भन्दै आएका छन्।

६० प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेशमा एमालेसँग २८ सिट छ । कांग्रेस १५, माओवादी केन्द्र १२ र जसपाको २ सिट छन् । यसरी हेर्दा सरकारको विपक्षमा २९ सिट पुगेको देखिन्छ ।

त्यसमध्ये माओवादी केन्द्रबाट सभामुख निर्वाचित भएकाले एक सिट कम हुने देखिन्छ । यो अवस्थामा जनमोर्चाको तीन सिट नै निर्णायक भएकाले आफूहरूले केन्द्रको निर्देशन अनुसार अघि बढ्ने सांसद थापाले बताइन् ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले पनि सत्ता गठबन्धन भन्दा बाहिर जान सक्ने बताएकाले अब विपक्षमा हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ०७ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार