केन्द्रको निर्देशन अनुसार अघि बढ्ने जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलको निर्णय | Khabarhub Khabarhub

केन्द्रको निर्देशन अनुसार अघि बढ्ने जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलको निर्णय


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश सभा संसदीय दलको बैठकले पार्टी केन्द्रले दिने निर्देशन अनुसार अघि बढ्ने निर्णय गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले केन्द्रीय निर्णय अनुसार मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङको पक्ष वा विपक्षमा लाग्ने निर्णय गर्नेगरि सकिएको सांसद पियारी थापाले बताइन् ।

तीन सिट रहेको जनमोर्चा सत्ताको निर्णायक दल भएपछि प्रतिपक्ष र सत्ता पक्ष दुवैले फकाउन थालेका छन् । मुख्यमन्त्री गुरुङले राजीनामा दिएका माओवादीका मन्त्रीहरूको स्थानमा जनमोर्चालाई समावेश गर्दै सत्ता गठबन्धन बलियो बनाउने भन्दै फकाइरहेका छन् भने नेपाली कांग्रेसल लगायतका दलले ओली विरुद्धको मोर्चाबन्दी बनाउनुपर्ने भन्दै आएका छन्।

६० प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेशमा एमालेसँग २८ सिट छ । कांग्रेस १५, माओवादी केन्द्र १२ र जसपाको २ सिट छन् । यसरी हेर्दा सरकारको विपक्षमा २९ सिट पुगेको देखिन्छ ।

त्यसमध्ये माओवादी केन्द्रबाट सभामुख निर्वाचित भएकाले एक सिट कम हुने देखिन्छ । यो अवस्थामा जनमोर्चाको तीन सिट नै निर्णायक भएकाले आफूहरूले केन्द्रको निर्देशन अनुसार अघि बढ्ने सांसद थापाले बताइन् ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले पनि सत्ता गठबन्धन भन्दा बाहिर जान सक्ने बताएकाले अब विपक्षमा हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ०७ बजे

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’

सङ्खुवासभा – जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न

नख्खु कारागारबाट छुटे अफताव आलम

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भएका

अफताव आलमलाई सफाइ : पिन्टु र ओसी खोई त ?

काठमाडौं– दोस्रो जनआन्दोलन पश्चात ०६४ चैत २८ गते संविधानसभाको चुनावको

इजरायली आक्रमणमा हुथी नियन्त्रित अन्तिम विमान ध्वस्त

साना – इजरायली हवाई आक्रमणले विद्रोहीको नियन्त्रणमा रहेको यमनको अन्तर्राष्ट्रिय