बाह्य दबाब र प्रलोभनले सनातनीय संस्कारमा ह्रास आयो : पूर्वराजा शाह « Khabarhub

बाह्य दबाब र प्रलोभनले सनातनीय संस्कारमा ह्रास आयो : पूर्वराजा शाह


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले निरन्तर विषाक्त बनाइँदै लगिएको आजको प्रदूषणयुक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउन कुम्भ मेलाको औचित्य अर्थपूर्ण रहेको बताएका छन् ।

महाकुम्भ मेलामा सहभागी हुन त्यहाँ पुगेका शाहले हरिद्वारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले वातावरणलाई प्रदूषणमुक्त बनाउन आजको विश्वव्यापी अभियानमा कुम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनुष्ठान सर्वथा उपयोगी र प्रेरणादायी हुने बताए ।

उनले हाम्रो धर्म, सभ्यता, संस्कृतिका अनेकन आदर्शहरु विश्वकै मानवीय मूल्यलाई डोर्‍याइरहेको बताए ।

‘सानो छँदा मैले महाकवि लक्षमी प्रसाद देवकोटाले लेख्नुभएको के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको थिएँ, बडो चिन्ताकासाथ हाम्रो आर्य सभ्यताको महत्व खिँइदै गएको कुरामा उहाँले निबन्धमा लेख्नुभएको थियो,’उनले भने, ‘हो कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’

उनले धर्म बचाउन, संस्कृतिको रक्षा गर्न र मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्ने बताएका छन् । पूर्व राजा शाहले ‘हिन्दू सम्राट’को हैसियतमा सोमबार गंगामा शाही स्नान गर्ने भएका छन् ।

उनले गरेको सम्बोधन यस्तो छ

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ४१ बजे

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा