हेलिकोप्टर प्रयोगपछि नियन्त्रणमा आयो नागार्जुनको डढेलो « Khabarhub

हेलिकोप्टर प्रयोगपछि नियन्त्रणमा आयो नागार्जुनको डढेलो


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

बुढानीलकण्ठ नगरपालिका – २ तैलुङ जंगल क्षेत्रमा आज बिहानदेखि लागेको डढेलो नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको छ । डढेलो नियन्त्रणका लागि दमकलका साथै हेलिकप्टरको पनि प्रयोग गरिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको हो । यसअघि पाथीभरामा लागेको आगो नियन्त्रणका लागि पनि हेलिकप्टर प्रयोग गरिएको थियो ।

आगो निभाउन हेलिकप्टरमा एक हजार लिटर जाने ट्याङ्की (व्याम्बी बकेट) को प्रयोग गरिएको छ । यसअघि स्थानीय समुदाय र सुरक्षा निकायको सहभागितामा गरिएको प्रयास जारी रहँदै गर्दा फैलिने क्रम नरोकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो । स्थलमार्गबाट पनि दमकलसहित स्थानीय सङ्घ संस्था, समुदायका प्रतिनिधि तथा सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरेका थिए ।

डढेलो नियन्त्रणका लागि सेनाको महेन्द्रदल गणबाट ७६ जनाको अग्नि नियन्त्रक टोली र ३ वटा दमकलसहित खटिएका थिए ।

हेलिकप्टरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन पोखरीको पानी प्रयोग गरेको थियो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज काठमाडौँ उपत्यकाको मुख्य पानीको स्रोत भएको त्यहाँका प्रमुख लक्ष्मण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ६ : ५४ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको