भारतले फेरि लगायो रेमडेसिभिरको निर्यातमा रोक « Khabarhub

भारतले फेरि लगायो रेमडेसिभिरको निर्यातमा रोक


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेसँगै भारत सरकारले रेमडेसिभिर औषधिको निर्यातमा रोक लगाएको छ ।

कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको निर्यातमा रोक लगाइएको समाचार संस्था पीटीआईले जनाएको छ । कोरोना संक्रमितमाथि रेमडेसिभरको औषधि आपतकालीन प्रयोग गर्ने गरिएको छ ।

यसका साथै रेमडेसिभिर भएका एन्टिभाइरल इन्जेक्शन र यसको एक्टिभ फर्मास्युटिकल इन्ग्रिडिएट्स (एपीआई) को निर्यातमा पनि रोक लगाएको पीटीआईले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदा उपचारका लागि आवश्यक औषधिको माग पनि बढेको छ । ११ अप्रिल (सोमबार) सम्ममा ११ लाख ८ हजार संक्रमित छन् र यो संख्या निरन्तर बढिरहेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले औषधि निर्माता कम्पनीलाई आफ्नो वेबसाइटमा उक्त औषधिको मौजुदा भण्डारण तथा वितरणको जानकारी सार्वजनिक गर्न निर्देशन दिएको छ ।

साथै, नियमनकारी निकायलाई उक्त औषधिको भण्डारणको जाँच गर्न तथा कालोबजारी हुन नदिन कारबाही प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय भारतमा एक्कासी कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिन थालेको छ । अमेरिकाको गिलिएड साइन्सेजसँगको सम्झौताअनुसार भारतमा सात वटा कम्पनीले रेमडेसिभिर औषधि उत्पादन गर्दै आएका छन् ।

गत वर्ष पनि भारतले यही समयमा रेमडेसिभिरको निर्यातमा रोक लगाएको थियो । नेपालमा मुख्यगरी भारतबाटै रेमडेसिभिर आयात हुँदै आएको छ । भारतले नै निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको मूल्य आकासिन पुगेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : ४२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना