भारतको उत्तर प्रदेशका शैक्षिक संस्था बन्द « Khabarhub

भारतको उत्तर प्रदेशका शैक्षिक संस्था बन्द


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको उत्तरप्रदेशका शैक्षिक संस्था बन्द गरिएको छ ।

कोरोना संक्रमणदर बढेपछि सरकारले आइतबार अप्रिल ३० सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

एक सयभन्दा बढी संक्रमित भेटिएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यू लगाउने निर्णय पनि भएको छ ।

यसअघि लखनउ, कानपुर, गोरखपुर, गौतम बुद्धनगर, इलाहावाद, मेरठ, गजियावाद, बरेली र मुजफ्फरनगर जिल्लामा रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

प्रदेश सरकारको पछिल्लो निर्णयसँगै अब खुल्ला ठाउँमा १०० जना भन्दा बढी मानिसहरु जम्मा हुन प्रतिबन्ध लागेको बीबीसीले जनाएको छ ।

बन्द गरिएका स्थानहरुमा हुने कार्यक्रमहरुमा अधिकतम ५० जना उपस्थित हुन पाइने छ । आइतबार मात्रै उत्तरप्रदेशमा १५ हजार ३५३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

कोरोना महामारी सुरु भएयता सो प्रदेशमा ९ हजार १ सय ५२ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ७ : १० बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र