परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता « Khabarhub

परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् ।

यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो ।

वडा नं १ खिरसैनमा ९४३, वडा नं २ बगलेकमा ९१४, वडा नं ३ गैरागाउँमा ९६८, वडा नं ४ सानागाउँमा ९९६, वडा नं ५ काडमाडौँमा एक हजार ४९२, वडा नं ६ गाँजरीमा एक हजार ७२ र वडा नं ७ पोखरीमा एक हजार २६३ गरी कूल सात हजार ६४८ ले राष्ट्रिय परिचयका लागि नाम दर्ता गरेको गाउँपालिका सूचना अधिकारी हरिभक्त साउँदले जानकारी दिए ।

सबैभन्दा बढी वडा नं ५ काठमाडौँमा एक हजार ४९२ र सबैभन्दा कम वडा नं २ बगलेकमा ९१४ ले नाम दर्ता गराएका छन् ।

यो अभियानमा १६ दर्ता अपरेटर, सात वडा सचिव र १२ जना फाराम भर्ने सहायक कर्मचारीको संलग्न रहेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ९ : ४० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि