दूरसञ्चार ऐन संशोधनको तयारीमा सरकार « Khabarhub

दूरसञ्चार ऐन संशोधनको तयारीमा सरकार


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दूरसञ्चार ऐनलाई समयसापेक्ष संशोधनको तयारीमा सरकार रहेको बताएका छन् ।

नेपालको सूचना प्रविधिको अवस्थाका विषयमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले दूरसञ्चार ऐन २०५५ लाई टेकेर समयसापेक्ष संशोधन गरिने बताएका हुन् । मन्त्री गुरुङ विज्ञान र प्रविधिका साथै दूरसञ्चार क्षेत्रको नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध रहेको र यस विषयमा सरोकारवालाहरूको सुझाव महत्वपूर्ण हुने बताए ।

उनले अब सेवा प्रदायकहरूले नेपालको सुगम क्षेत्रमा मात्रै नभइ दुर्गम क्षेत्रमा पनि सूचना प्रविधिको समान बितरणको अवधारणा ल्याउनुपर्ने उल्लेख गरे । डिजिटल नेपालको फ्रेमवर्कमा सरकारलाई निजी क्षेत्रको साथ र सहयोग चाहिने उनले बताए ।

उनले नेपालमा दूरसञ्चार क्षेत्रमा आउन सक्ने समस्या समाधान गर्न पनि तयार हुनुपर्ने बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ७ : ३७ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका