७० तोला सुन चोरीको आरोपमा पक्राउ « Khabarhub

७० तोला सुन चोरीको आरोपमा पक्राउ


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ७० तोला सुन चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले म्याग्दीको मालिका गाउँपालिका-२ का २८ वर्षीय दिलिप र दिनेश उपनामले चिनिने दिलबहादुर पुनलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका सहकारी तथा वित्तीय संघ संस्थाहरु तथा सुनचाँदी पसलमा रातको समयमा चोरी गर्ने समूहकाे खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पुनले गत फागुन १८ गते राति नवलपारासी गौडाकोट नगरपालिका-५ कांग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलको सटर फोडेर सुनका गरगहना ७० तोला र नगद ७ लाख ४३ हजार रुपैयाँ बराबरको सामान चोरी गरेका थिए।

पक्राउ परेका पुनलाई कारबाहीका लागि नवलपरासी पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ८ : ४६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना