शैक्षिक सुधारमा योगदान पुर्‍याउने अभिभावकको सम्मान | Khabarhub Khabarhub

शैक्षिक सुधारमा योगदान पुर्‍याउने अभिभावकको सम्मान


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– सामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पुर्‍याएवापत खानीखोला गाउँपालिकास्थित १४ विद्यालय ६५ अभिभावक तथा बेचानचोक गाउँपालिका–१ च्याम्राङबेँसीस्थित चार विद्यालका पाँच अभिभावकलाई सम्मान गरिएको छ ।

विद्यालयको शैक्षिक क्रियाकलाप, आफ्ना बालबालिकाको शिक्षा सुधार्ने उद्देश्यले समयसमयमा विद्यालयको निरन्तर अनुगमन–भ्रमण गर्नेमध्ये उत्कृष्ट अनुगमनकर्ता अभिभावकलाई सम्मान गरिएको नाङ्साल एशोसिएशन धुलिखेलले अध्यक्ष दिनेश लामाले बताए ।

अध्यक्ष लामाले आफ्ना बालबालिका अध्ययन गर्ने विद्यालयमा निरन्तर अनुगमन–भ्रमण, निरीक्षण गर्न थप प्रोत्साहनस्वरुप उत्कृष्ट अनुगमनकर्ता अभिभावकलाई सम्मान गरिएको बताए ।

‘अभिभवाक सम्मानले विद्यालयमा गुणस्तरीय आधारभूत शिक्षा प्रवद्र्धन भएको पाएका छौँ, यसले शिक्षक नियमित विद्यालयमा उपस्थित हुनेलगायत अन्य क्रियाकलापमा ठूलो मद्दत गरेको छ’, लामाले भने । उनले संस्थाको गुणस्तरीय आधारभूत शिक्षा तथा बालअधिकार प्रवद्र्धन परियोजनाअन्तर्गत हालसम्म करीब २०० उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको बताए ।

‘वी वल्र्ड’ नामक गैरसरकारी संस्थाको सहयोगमा एशोसिएशनले सो परियोजना जिल्लाको चार स्थानीय तहमा सञ्चालन गरेको छ । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकको निरन्तर अनुगमन–भ्रमणले उल्लेख्य योगदान पुगेको बताए । वडाध्यक्ष सोमनाथ घिमिरेले बालबालिकाको शैक्षिक सुधारका विषयमा शिक्षक–अभिभावकको छलफल निकै महत्वपूर्ण हुने धारणा राखे ।

संस्थाले अभिभावक सम्मानसँगै चार स्थानीय तहका विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार उत्कृष्ट करिब ३१३ विद्यार्थीलाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति प्रदान तथा स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक राजन पौडेलले बताए ।

संस्थाले हाल ६८ विद्यालयमा साबुनपानीले हात धुन खुट्टाले थिच्ने सुविधासहितको पानी ट्याङ्की, प्रत्येक विद्यालयलाई थर्मलगन तथा तीन हजार २५० विद्यार्थीलाई छ हजार ५०० धुन मिल्ने कटन मास्क तथा आवश्यक स्यानिटाइजर वितरण गरेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ११ : ०४ बजे

धरानेको पीडा : सर्दु जलाधारका नाममा कहिलेसम्म सास्ती खेप्ने ?

सुनसरी- राज्य र कर्मचारी तन्त्र अस्पष्ट भएमा सर्वसाधारणले अनावश्यक रुपमा

कारागारका कैदीबन्दी आयआर्जनमा

चितवन– जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये २३२ कैदीबन्दी घरेलु इलममा

मेलम्चीको पाइप फुट्दा थापाथलीको सडकमा खाल्डो : पानी बन्द भएपछि मर्मत सुरु

काठमाडौं – बबरमहलमा जस्तै थापाथलीमा मेलम्चीको खानेपानीको पाइप फुट्दा सडकमा

अल्लोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

मकवानपुर– मकवानपुरको थाहा नगरपालिका दामनका महिलाले स्वरोजगार बन्ने उद्देश्यले अल्लोको

असिना पानीले कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै

सुनसरी– सुनसरीमा आइतबार र सोमबार हावाहुरीसँगै आएको असिना पानीबाट कृषि