दमकमा विस्थापितलाई नयाँ घर « Khabarhub

दमकमा विस्थापितलाई नयाँ घर

आफ्नो जग्गालाई नगरपालिकाले दाबी गरेको भन्दै विरोध



झापा– सार्वजनिक जमिन खाली गराउने क्रममा विस्थापित भएकालाई दमक नगरपालिकाले घर प्रदान गरी नमूना बस्तीमा सारेको छ ।

वडा नं. ७ को पञ्चमूखी टोल तथा हाटखोला क्षेत्रबाट विस्थापित भएकाहरुलाई नगरपालिकाले बनाएको एकीकृत नमूना बस्तीका घर प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख रोमनाथ ओलीका अनुसार नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा बसोबास गरी रहेकालाई जग्गा खाली गराउने क्रममा विस्थापित भए पछि नमूना बस्तीमा स्थानान्तरण गरिएको हो ।

नगरपालिकाले सपिङ् कम्प्लेक्स बनाउने निर्णय गरी नगरको स्वामित्वमा रहेको जमिनमा रहेका परिवार हटाउँदा विस्थापित केही परिवारलाई भने आर्थिक सहायता प्रदान गरी व्यवस्थापन गरेको वडा नं. ७ का वडाध्यक्ष भीम पौडेलले बताए ।

सरकारी जमिन खाली गराउने क्रममा विस्थापित भएका २७ परिवारलाई नमूना बस्तीमा राखिएको नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले जानकारी दिइन ।

उनका अनुसार यी बाहेक बाँकी ८ परिवारलाई नगदसहित अन्यत्र सारिएको छ । पशुहाटमा रहेका २३ घर परिवारलाई पनि आर्थिक सहयोग प्रदान सारिएको छ ।

केही परिवारले भने बसोबास आफू बसेको स्थान छाडेर नमूना बस्तीमा जान इन्कार गरेका छन् । ७ परिवारले अझै नयाँ बस्तीमा जान मानेका छैनन् । उनीहरुले वर्षौदेखि बसोबास गरेको स्थानबाट उठिबास लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

नगरपालिकाले आफ्नो भन्दै आएको जमिनमा बसोबास गरेका दुई परिवारलाई भने अर्को व्यवस्था नभएसम्मलाई मासिक घरभाडा उपलव्ध गराउँदै आएको छ । उनीहरुलाई डेरामा सारिएको र अर्को व्यवस्था नभएसम्म घरभाडा उपलव्ध गराईएको वडाध्यक्ष पौडेलले बताए ।

स्थानीयको दावी

सो जग्गा स्थानीय पदमबहादुर माझीले आफ्नो भएको दावी गर्दै आएका छन् । जग्गाको स्वामित्व रहेको कागजात आफुसँग रहेको उनको तर्क छ । नगरपालिकाले भने २०३२ सालयता सो जग्गा नगरपालिकाको स्वामित्व रहेको जनाएको छ ।

यसअघि दमक–७ को सुनलाइनमा रहेका घर टहरा नगरपालिकाले नगरप्रहरी तथा डोजर परिचालन गरी हटाएको थियो । नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा रहेका घर टहरा हटाउन पटक पटक आग्रह गरिएको तथा नहटाए पछि सुरक्षाकर्मीको सहयोग लिएर हटाउनु परेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १२ : ५६ बजे

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति

कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

सिरहा – १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ

काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङ सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी