दमकमा विस्थापितलाई नयाँ घर « Khabarhub

दमकमा विस्थापितलाई नयाँ घर

आफ्नो जग्गालाई नगरपालिकाले दाबी गरेको भन्दै विरोध



झापा– सार्वजनिक जमिन खाली गराउने क्रममा विस्थापित भएकालाई दमक नगरपालिकाले घर प्रदान गरी नमूना बस्तीमा सारेको छ ।

वडा नं. ७ को पञ्चमूखी टोल तथा हाटखोला क्षेत्रबाट विस्थापित भएकाहरुलाई नगरपालिकाले बनाएको एकीकृत नमूना बस्तीका घर प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख रोमनाथ ओलीका अनुसार नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा बसोबास गरी रहेकालाई जग्गा खाली गराउने क्रममा विस्थापित भए पछि नमूना बस्तीमा स्थानान्तरण गरिएको हो ।

नगरपालिकाले सपिङ् कम्प्लेक्स बनाउने निर्णय गरी नगरको स्वामित्वमा रहेको जमिनमा रहेका परिवार हटाउँदा विस्थापित केही परिवारलाई भने आर्थिक सहायता प्रदान गरी व्यवस्थापन गरेको वडा नं. ७ का वडाध्यक्ष भीम पौडेलले बताए ।

सरकारी जमिन खाली गराउने क्रममा विस्थापित भएका २७ परिवारलाई नमूना बस्तीमा राखिएको नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले जानकारी दिइन ।

उनका अनुसार यी बाहेक बाँकी ८ परिवारलाई नगदसहित अन्यत्र सारिएको छ । पशुहाटमा रहेका २३ घर परिवारलाई पनि आर्थिक सहयोग प्रदान सारिएको छ ।

केही परिवारले भने बसोबास आफू बसेको स्थान छाडेर नमूना बस्तीमा जान इन्कार गरेका छन् । ७ परिवारले अझै नयाँ बस्तीमा जान मानेका छैनन् । उनीहरुले वर्षौदेखि बसोबास गरेको स्थानबाट उठिबास लगाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

नगरपालिकाले आफ्नो भन्दै आएको जमिनमा बसोबास गरेका दुई परिवारलाई भने अर्को व्यवस्था नभएसम्मलाई मासिक घरभाडा उपलव्ध गराउँदै आएको छ । उनीहरुलाई डेरामा सारिएको र अर्को व्यवस्था नभएसम्म घरभाडा उपलव्ध गराईएको वडाध्यक्ष पौडेलले बताए ।

स्थानीयको दावी

सो जग्गा स्थानीय पदमबहादुर माझीले आफ्नो भएको दावी गर्दै आएका छन् । जग्गाको स्वामित्व रहेको कागजात आफुसँग रहेको उनको तर्क छ । नगरपालिकाले भने २०३२ सालयता सो जग्गा नगरपालिकाको स्वामित्व रहेको जनाएको छ ।

यसअघि दमक–७ को सुनलाइनमा रहेका घर टहरा नगरपालिकाले नगरप्रहरी तथा डोजर परिचालन गरी हटाएको थियो । नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा रहेका घर टहरा हटाउन पटक पटक आग्रह गरिएको तथा नहटाए पछि सुरक्षाकर्मीको सहयोग लिएर हटाउनु परेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १२ : ५६ बजे

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा