गुल्मी खोलामा डुबेर दुई बालकको मृत्यु « Khabarhub

गुल्मी खोलामा डुबेर दुई बालकको मृत्यु


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको मदाने गाउँपालिका – ३ स्थित सिर्सेनीमा नुहाउने क्रममा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

पनाहाखोलाको ढाडको रह भन्ने स्थानमा नुहाउने क्रममा पानीमा डुबेर दुईजना बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

मृत्यु हुनेहरूमा मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ खुँगका ८ बर्षका गोविन्द विकको ज्यान गएको पाण्डेले बताए । बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

एक्कासी पानिमा डुबि बेहोस अवस्थामा आफन्तले फेला पारी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदह गुल्मिमा उपचारको क्रममा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रम जारी रहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ३ : ५४ बजे

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको