प्रदेश–२ प्रमुख अहिराजद्वारा रासस कार्यालय निरीक्षण « Khabarhub

प्रदेश–२ प्रमुख अहिराजद्वारा रासस कार्यालय निरीक्षण


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश–२ का प्रमुख डा राजेश अहिराज आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको निरीक्षण गरेका छन् । सो अवसरमा उनले राजा जनकको भूमि प्रदेश–२ को आफ्नै किसिमका पहिचान र महत्व रहेको हुँदा त्यसलाई आम जनसमुदाय माझ उजागर गर्न जरुरी रहेको खाँचो औँल्याए ।

प्रदेश–२ मा रहेका थुप्रै पुरातात्विक एवं धार्मिकस्थल मात्र नभई देशको सीमा क्षेत्रमा यस प्रदेशले पहरेदारको भूमिका निर्वाह गर्दै उनको भनाइ थियो ।

प्रदेश–२ का बासिन्दाको भूमिकालाई राससजस्ता आमसञ्चारका माध्यमले यथोचित स्थान दिई प्रचारप्रसारमा ल्याउनुपर्ने विचार व्यक्त गर्दै उनले त्यस किसिमको भूमिकाको अपेक्षा आफूले राखेको बताए । जनकपुर र आसपासका ठाउँहरूको ऐतिहासिकतालाई उजिल्याउन सके त्यसले पर्यटन उद्योगका साथसाथै स्थानीय जनताको आर्थिक–सामाजिक रुपान्तरणमा सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रदेश प्रमुख डा अहिराजले आफूले कुनै बेला राससको जिल्ला समाचारदाताको रुपमा काम गरेको स्मरण गर्दै आगामी दिनमा सत्यतथ्य समाचारका लागि रासस नै महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे ।

राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) ले राससले मुलुकको विविध सांस्कृतिक र धार्मिक सम्पदा, कला र संस्कृतिबारे समाचार प्रवाह गर्दै आएको जानकारी दिँदै प्रदेश–२ का सन्दर्भमा प्रदेश प्रमुखबाट औँल्याइएका विषय विशेष ध्यानमा राखिने वचन दिए ।

त्यसैगरी, राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससको प्रदेश कार्यालयसँग समन्वय कायम गरी प्रदेश–२ का समाचारलाई समेटिने विश्वास दिलाए । सो अवसरमा प्रदेश प्रमुख अहिराजले राससकर्मीलाई नेपालको झण्डाको लोगो प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ६ : २० बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका