कोभिडले प्रभावित क्षेत्रलाई सम्बोधन हुनेगरी बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल « Khabarhub

कोभिडले प्रभावित क्षेत्रलाई सम्बोधन हुनेगरी बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले कोरोना नियन्त्रण, रोकथाम र प्रभावित क्षेत्रलाइ सम्बोधन गर्नेगरि आगामी बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री पौडेलले कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरुत्थान गर्ने कुरामा चालू आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने बताउनुभएको हो ।

उनले आधारभूत सिद्धान्तलाई आत्मसाथ गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिए । बजेट निर्माणमा सम्बन्धित मन्त्रालय नै सम्पूर्ण रूपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने उनले जिकिर गरे ।

मन्त्री पौडेलले आगामी बजेटमा चालू आयोजना र कार्यान्वयको चरणमा रहेका आयोजनालाई प्राथमिकतामा राखिने बताए । बजेट बिनियोजन गरिने तर कार्यान्वयन हुन नसक्ने विषयलाई अर्थमन्त्रालयले अध्ययन गरिरहेको उनले बताए ।

बैठकमा समिति सदस्यहरुले गेम चेन्जर र रोजगारी सिर्जना गर्ने आयोजनाहरुलाई सरकारले प्राथमिकतामा राखेर बजेट बिनियोजना गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : ३० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर