एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन, जुटेर शक्ति संरक्षण गरौँ : पूर्वराजा शाह « Khabarhub

एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन, जुटेर शक्ति संरक्षण गरौँ : पूर्वराजा शाह


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर हैन, जुटेर शक्ति संरक्षण गर्न सबै नेपालीलाई आग्रह गरेका छन्।

नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले एकता नै सफलता भएकाे र यसले देशको कल्याण हुने बताएका हुन् ।

‘नेपाली हामी फुटेर हैन, शक्ति संरक्षण गरौं जुटेर। एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ। हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन। निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनैपर्छ। सबैको एउटै उद्देश्य हुनुपर्दछ, एउटै कामना हुनुपर्दछ’, सन्देशमा भनिएको छ ।

उनले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्ने समेत बताएका छन्।

‘आपसी भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त्य हुनुपर्छ अनि समन्वय, सामञ्जस्य पनि रहनुपर्दछ। हाम्रा पिता पुर्खा तथा त्यागी विरांगानाहरुले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु छ,’ उनले भनेक छन्।

देशको उन्नति र अधोगति आफ्नै हात भएकाे भन्दै अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने बताएका छन् ।

यस्तो छ शुभकामना सन्देश

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : ०० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र