असार अन्तिम साता ‘दुष्प्रयास’ | Khabarhub Khabarhub

असार अन्तिम साता ‘दुष्प्रयास’


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –महिला हिंसा, हत्या, अपहरणलगायतका समाजमा घटिरहेका आपराधिक गतिविधिविरुद्ध आवाज उठाइएको फिल्म ‘दुष्प्रयास’ आगामी असार २५ गते रिलिज हुने भएको छ ।

रिता देवी मुभिजद्वारा निर्माण गरिएको फिल्मको मंगलबार राजधनीमा फस्टलुक सार्वजनिकसँगै फिल्मको रिलिज मिति सार्वजनिक गरिएको हो ।

फस्टलुकको नेकपा माओवादी स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री देव गुरुङले अनावरण गरे । कार्यक्रममा फिल्मका कथाकार तथा निर्देशक दिनेश लिङ्देनले कोभिड महामारीको अवस्थामा पनि आफूले जोखिम मोलेरै फिल्म रिलिज गर्ने बताए ।

फिल्ममा निशा पोमु लिम्बु, सोम लामा, प्रिजन श्रेष्ठ, सुस्मीता कार्की, अजय खडका, कल्याण राई, निरु महत, देविका खड्का, प्रदिप योङहाङ, दिलिप ठकुरी, महेन्द्रकुमार राई, विवेक बेघा लिम्बु, छेवाङ लामा तथा बाल कलाकार सुदिता लिङदेनको अभिनय छ ।

दिनेश लिङ्देनको कथा र निर्देशन रहेको फिल्ममा जानु काम्बाङ लिङ्देन र शंकर अधिकारी घायलको गीत, विकास चौधरी, राजकुमार बगरको संगीत, राजेशपायल राई, अमृता लिम्बु, दिनेश लिङ्देन र श्रेयसी चेम्जोङको स्वर छ ।

सुमित लिङ्देनको प्रस्तुति रहेको फिल्ममा जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व र ज्ञानु राईको छायांकन छ ।

रिता देवी मुभिज तथा नेपाल चलचित्र युवा मञ्चको आयोजनामा भएको कार्यक्रममा त्रिभुवन लुम्फुङवा, डा. सुनिता भट्टराई, मेकबहादुर मगर, प्रेम आले मगर, बाल कलाकार दिविसा साप्कोटा, भीम थेबे लिम्बुलगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १२ : ५५ बजे

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र

प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट

टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन् 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडौं– पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा