निफमा तीन नेपाली फिल्म प्रतिष्पर्धी « Khabarhub

निफमा तीन नेपाली फिल्म प्रतिष्पर्धी


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही वैशाख २३ गतेदेखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१’मा तीन नेपाली फिल्म प्रतिष्पर्धी हुने भएका छन् ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार नेपाली फिल्म ‘लाटो कोसेरो’, ‘सरिता ११ वर्ष’ र ‘आमा खान्डो’ प्रतिष्पर्धी छन् ।

आयोजकले महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० फिल्म प्राप्त भएको जनाएको छ । महोत्सवको आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने फिल्ममध्येबाट ३१ देशका ६३ फिल्म महोत्सवको प्रतिष्पर्धीका रुपमा यसअघि नै छनोट भइसकेका छन् ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी रहेका फिल्ममा तीन फिल्म छनोटमा परेपछि अब निफमा ६६ फिल्म देखाइनेछन् ।

यी तीन फिल्ममध्येबाट एक उत्कृष्ट फिल्मले नेपाली फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत एक लाख नगदसहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्री ट्रफी पाउने छन ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराई अवार्ड पनि वितरण गरिने आयोजकको भनाई छ ।

कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलर राशीको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ३ : ४५ बजे

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले