जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री गुरुङ अल्पमतमा « Khabarhub

जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री गुरुङ अल्पमतमा



पोखरा– राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परेकका छन् ।

गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएमा प्रस्तावको पक्षमा उभिने राष्ट्रिय जनमोर्चाले निर्णय गरेसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेका हुन् । नेकपा एमालेबाट निर्वाचित मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री केपी ओलीबाट प्रतिनिधिसभा विघटन गरिँदा पनि संसद विघटनको पक्षमा रहेका थिए ।

‘प्रतिगमन’मा मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री ओलीलाई सघाएको आरोप लगाउँदै जनमोर्चाको सरकारको समर्थन फिर्ता लिएको जनाएको छ । अध्यक्ष केसीले समर्थन फिर्ता लिएको जानकारी गण्डकी प्रदेशसभालाई दिइसकेको जनाएका छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेबाट २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी पार्टीका २ जना निर्वाचित भएका हुन् । जसमध्ये एमालेबाट निर्वाचित बाग्लुङका इन्द्रप्रसाद सापकोटा माधव नेपाल समूहमा छन् भने स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ एमालेमै प्रवेश गरेका थिए ।

जनमोर्चाको तर्फबाट आधिकारिक धारणा सार्वजनिक भएसँगै गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणको विषयले गति लिन सुरु गरेको छ ।

राष्ट्रिय जनमोर्चाले गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारको समर्थन नगर्ने भएपछि नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार गठन गर्न कस्सिएको छ ।

केही दिन अघिदेखि कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सत्तासमीकरण पहल गरेका थिए ।

१५ प्रदेश सदस्य रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता कृष्णचन्द्र नेपाली छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएमामा नेपलीको नेतृत्वमा नयाँ सरकार गठन गरिने कांग्रेस निकट स्रोतले बताएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ७ : ३५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको