एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु | Khabarhub Khabarhub

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको छ ।

काठमाडौँको गोदावरीस्थित मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पुर्‍याएर फर्किने क्रममा बा२१च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका–७ बस्ने घिमिरेको मृत्यु भएको हो ।

एम्बुलेन्स दुर्घटना हुँदा उनीसँगै सवार सोही वडाका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते थिए । दुवैलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको थियो ।

घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते तामाङको विएण्डसीमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  २ : १५ बजे

लुम्बिनी प्रदेश प्रमुखले बोलाए प्रदेशसभाको सातौँ अधिवेशन 

लुम्बिनी– लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मङ्सिर ८ गतेदेखि प्रदेश

तनहुँका पालिकामा खेलकुद उत्सव

दमौली– जिल्लाका विभिन्न पालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले यहाँका

जेन-जीले आज सामूहिक सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाउँदै

काठमाडौं– जेन-जी समूहले आफ्ना सम्झौतापत्र आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउँदै

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छ : सञ्चारमन्त्री

काठमाडौं– एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा

बतासेडाँडाबाट देखिएको हिमालको संसार (फोटो फिचर)

पाल्पा– तानसेनबाट करिब ३ किलोमिटर उकालोमा अवस्थित बतासेडाँडा पछिल्ला वर्षहरूमा