कोरोना महामारीमा नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता : प्रधानमन्त्री मोदी « Khabarhub

कोरोना महामारीमा नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता : प्रधानमन्त्री मोदी


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै स्रोत–साधनमा निर्भर भई नागरिकको जीवनरक्षा गर्नु नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

रायसीना संवादको छैटौं संस्करणको उद्घाटन समारोहलाई भर्चुअल माध्यमद्वारा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारीको यो महाव्याधिबाट जनतालाई बचाउन सरकारको हर प्रयास जारी रहेको बताएका हुन् ।

उनले भने, ‘महामारीको घडीमा हाम्रो आफ्नै स्रोतमा निर्भर भई हामीले हाम्रा बाचाहरुलाई पूर्णता दिन प्रयास गरेका छौँ। १ अर्ब ३० करोड भारतीय जनतालाई महाव्याधिबाट बचाउने प्रयास जारी राखेका छौँ । साथसाथै हामीले अरुलाई पनि महामारी विरुद्ध लड्न सहयोग गरेका छौँ ।’”

उनले कैयौं अप्ठ्याराका बाबजुद भारतले यो वर्ष ८० भन्दा बढी देशहरुलाई कोरोना विरुद्धको खोप प्रदान गरेको बताए । उनले महामारीसँग लड्न भारतले निरन्तर रुपमा आफ्नो अनुभव, दक्षता एवम् साधन-स्रोत सिंगो मानव समुदायसँग बाँड्ने बताए ।

सो उद्घाटन समारोहमा रुवान्डाका राष्ट्रपति र डेनमार्कका प्रधानमन्त्री प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । समारोहमा स्वीडेनका पूर्व प्रधानमन्त्री कार्ल बिल्ट, अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री एन्थोनी एबोट, न्युजिल्यान्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले पनि सहभागिता जनाएका थिए ।

यसैगरी फ्रान्स, पोर्चुगल, स्लोभेनिया, रोमानिया, सिङ्गापुर, नाइजेरिया, जापान, इटली, स्वीडेन, अस्ट्रेलिया, केन्या, चिली, मालदिभ्स, इरान, कतार, पोल्यान्ड, टर्की र भुटानका परराष्ट्रमन्त्रीले पनि सो संवाद कार्यक्रममा उपस्थिति जनाएका थिए ।

सन् २०१६ बाट शुरु भएको र प्रत्येक वर्ष आयोजना हुने रायसीना संवाद भू–राजनीति र भू–अर्थसँग सम्बन्धित विषयमा सम्बन्धित रहेर गरिन्छ । सम्मेलनलाई भारतको विदेश मामिला मन्त्रालय र अब्जरभर रिसर्च फाउन्डेसनले संयुक्त रुपमा आयोजना गर्दै आएका छन् ।

कोभिड–१९ ले निम्त्याएको विषम परिस्थितिका कारण यो वर्षको सम्मेलन भर्चुअल माध्यमबाट आयोजना गरिएको हो । संवादको विषय ‘भाइरल वर्ल्ड : आउटब्रेक, आउटलेयर्स एण्ड आउट अफ कन्ट्रोल रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ५ : २८ बजे

दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रमा सभामुख र राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको

ट्राफिक कारबाहीमा एकैदिन करिब २१ लाख राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

वातावरण संरक्षणका लागि कानूनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले वातावरण संरक्षणका लागि नीतिगत तथा कानूनी व्यवस्थासँगै

नेकपाका सांसदलाई अभिमूखीकरण तालिम

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमूखीकरण तालिम

चिडियाखानालाई दश लाख रुपैयाँ सहयोग

काठमाडौँ– प्रभु शम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको