तेस्रो सैनिक आचार संहिता सप्ताह शुरु « Khabarhub

तेस्रो सैनिक आचार संहिता सप्ताह शुरु


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– तेस्रो सैनिक आचार संहिता सप्ताह आजबाट शुरु भएको छ । सैनिक मुख्यालयमा आजबाट शुरु भएको आचार संहिता सप्ताह वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

सैनिक अनुशासन र आचरण सहितको सैनिक चरित्रको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

बलाधिकृत रथी प्रभुराम शर्माले आज आयोजित एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गर्दै गौरवशाली इतिहास बोकेको सेनाले आफ्नो स्थापनाकालदेखि नै वीरता, वफादारिता र पेशागत दक्षतालाई अक्षुण्ण राखेको बताए।

उनले भने, “सेना जनताको विश्वासको केन्द्रविन्दु बन्न सफल भएको छ, यसको श्रेय अनवरत निश्वार्थ सेवा गर्ने भूतपूर्व तथा बहालवाला सच्चा सिपाही र समग्र संस्थालाई नै जान्छ ।”

सेनामा कार्यरत सकलदर्जाले आफू पदमा रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरणका बारेमा सुसूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले सप्ताह आयोजना गरिएको हो ।

प्रत्येक जवानले स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र ऊर्जाशील बनाउन अपरिहार्य रहेको जनाउँदै बलाधिकृत शर्माले सकलदर्जाले आचरण मर्यादित र नैतिकवान बनाउन प्रेरणा मिल्ने धारणा व्यक्त गरे ।

उक्त सप्ताह यही वैशाख ९ गतेसम्म चल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मानवीय आचरण र मूल्य मान्यता सम्बन्धमा स्वामी पुरुषोत्तमले अभिप्रेरणात्मक प्रवचन भएको उक्त कार्यक्रम शुभारम्भका अवसरमा सैनिक आचार संहितासम्बन्धी डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा विधि र पद्धति स्थापित गर्ने हेतुले प्रत्येक वर्ष यस खाले कार्यक्रम गर्ने सोचका साथ तीन वर्षअघि उक्त कार्यक्रमको थालनी गरेका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १० : ४५ बजे

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको