भोलिदेखि त्रिकोणात्मक टी- २० सिरिज, पारसले खेल गुमाउने « Khabarhub

भोलिदेखि त्रिकोणात्मक टी- २० सिरिज, पारसले खेल गुमाउने


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले शनिबारबाट शुरु हुने त्रिकोणात्मक टी-२० सिरिज गुमाउने भएका छन् ।

आइतबार भएको अभ्यासमा बल क्याच गर्ने क्रममा घाइते भएसँगै उनले त्रिकोणात्मक सिरिज गुमाउने भएका हुन् । पारसलाई चिकित्सकले २ देखि ३ साता आराम र थेरापी गर्न सल्लाह दिएका छन्।

चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज गुमाउने भएका हुन् । क्यानले पारसको स्थानमा ब्याट्सम्यान सन्दीप जोरालाई टिममा बोलाएको छ ।

नेपालले सिरिजको पहिलो खेलमा भोलि (शनिबार) नेदरल्यान्ड्ससँग खेल्दैछ । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीमा मल्लसहित, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम रहेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : १५ बजे

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)