सरकारको समर्थनबारे निर्णय लिन माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक « Khabarhub

सरकारको समर्थनबारे निर्णय लिन माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

बैठक सोमबार बिहान ११ बजे बस्नेछ । सो बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन बारे निर्णय लिइने एक नेताले बताए ।

उनले भने, ‘हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन भन्यौ । उहाँले अहिलेसम्म दिनुभएको छैन । अब हामीले दिएको समर्थन फिर्ता हुनेछ । त्यसका लागि भोलिको स्थायी कमिटी बैठकले निर्णय लिनेछ ।’

नेकपा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिएका थिए ।

यसअघि आइतबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन् । प्रधानमन्त्रीको कार्यालयले सबैलाई जानकारी गराएको बताए पनि माओवादी केन्द्रले भने खबर नै नपाएको जनाएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  २ : २९ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार