प्रदेश १ को हिउँदे अधिवेशन अन्त्यको घोषणा | Khabarhub Khabarhub

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्यको घोषणा


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर । प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । माघ ७ गते शुरू भएको प्रदेशसभाको सातौं अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेको लागि बोलाइएको थियो ।

विपक्षी दलहरूले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुबर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग गर्दै पछिल्ला बैठक अवरुद्ध गरिरहेका थिए । आइतबारको बैठक शुरूमै प्रतिपक्षले उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले आफ्ना कुरा राख्न प्रतिपक्षलाई समय उपलब्ध गराएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आफूहरूले उठाएका माग पूरा नभएसम्म विरोध जारी रहने दोहोर्‍याएका थिए । पटक पटक प्रतिपक्ष सांसदलाई बस्न आग्रह गरेपनि अटेर गरेपछि अवरोधका बीच सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।

अधिवेशन अन्त्य भएपछि प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रतिपक्षले सरकारलाई आफ्ना कुरा राख्ने मौका पनि नभएकाले अधिवेशन अन्त्यको गर्नु सरकारको बाध्यता भएको बताए ।

गएको माघ ७ गतेबाट शुरु भएको हिउँदे अधिवेशन कुल २ घण्टा ३१ मिनेट चलेको थियो । यो अवधि कुल आठ वटा बैठक संचालन भएपनि कार्यव्यवस्था तथा परामर्श समितिको सल्लाहमा तय गरेको कार्यसूचीमा बैठक प्रवेश नै नगरी अधिवेशन अन्त्य भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ३५ बजे

बाइक र स्कुटर चलाउने क्रममा कुकुरले किन लखेट्छन् ?

काठमाडौं– कुकुरलाई धेरै वफादार र मानव-अनुकूल जनावरका रुपमा  मानिन्छ ।

अर्थसंक्षेप : शेयर बजारमा उछाल, एकैदिन साढे पाँच सय हवाई उडान

काठमाडौं- मंगलबार शेयर बजारमा उछाल आएको छ । बर्दघाट–सर्दी १३२ केभी

सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

बाग्लुङ- इमेज सहकारी संस्थाको करोडौं बचत रकम ठगी प्रकरणमा प्रक्राउ

देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बागलुङ– जिल्ला अदालत बागलुङले सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका

बिहारमा पुगेपछि फुट्यो कोशी, कयौँ भारतीय गाउँ जलमग्न

काठमाडौं- कीर्तिमानी पानीको बहाव बोकिरहेको कोशी नदी भारतको बिहारमा पुगेपछि