त्रिकोणात्मक टी–२० क्रिकेट : म्याक्सको कीर्तिमानी शतकमा नेदरल्यान्ड्स विजयी « Khabarhub

त्रिकोणात्मक टी–२० क्रिकेट : म्याक्सको कीर्तिमानी शतकमा नेदरल्यान्ड्स विजयी


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्सले पहिलो जित हात पारेको छ ।

टियु क्रिकेट मैदानमा आइतबार मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित हात पारेको हो । पहिलो खेलमा नेपालसँग पराजित नेदरल्यान्ड्स आज मलेसियाविरुद्ध विजयी भएको हो ।

नेदरल्यान्ड्सले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि विरन्दीप सिंहले ८७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

नेदरल्यान्ड्सका लागि आर्यन डत्त, सेवास्तिन ब्राट र बास डे लिडेले समान २/२ विकेट लिए । त्यस्तै, फिलिप्पे बोइसेविन र पिटर सिलारले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ’डोउडले अविजित रहँदै १ सय ३३ रनको शतकीय इनिङ्स खेले । उनले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गर्दै १ सय ३३ रन जोडेको शतकीय पारी खेले ।

म्याक्सले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सका लागि शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाए ।

मलेसियाका लागि पवनदीप सिंह र अनवर रहमानले १/१ विकेट लिए ।

जितसँगै नेदरल्यान्ड्सले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

मलेसियाले भने अंक जोड्न सकेको छैन । प्रतियोगिता अन्तर्गत सोमबार नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ४५ बजे

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी