विद्यालय सञ्चालन नगर्न महालक्ष्मी नगरपालिकाको अनुरोध « Khabarhub

विद्यालय सञ्चालन नगर्न महालक्ष्मी नगरपालिकाको अनुरोध


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण बढ्दै गएको र यसबाट बालबालिका बढी प्रभावित भएको हुँदा ललितपुको महालक्ष्मी नगरपालिकाले वैशाख मसान्तसम्म विद्यालय नखोल्न अनुरोध गरेको छ ।

आइतबार बसेको नगर शिक्षा समितिको बैठकले भौतिक रुपमा पठनपाठन नगर्न आफ्नो क्षेत्रका विद्यालयहरुलाई अनुरोध गरेको हो ।

आगमी वैशाख मसान्त सम्म वैकल्पिक माध्यमबाट विद्यार्थीहरुको पढाइलाई अघि बढाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै कक्षा ८ र १० को पूर्व निर्धारित प्रि–टेस्ट परीक्षा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइका साथ पालना गरी आगामी १५ गतेसम्म सक्ने नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

विद्यालयले स्वास्थय सुरक्षाको मापदण्ड पालना गरे/नगरेको सम्बन्धमा नगरपालिकाले नियमित रुपमा अनुगमन गर्ने जनाएको छ ।

संक्रमण फैलदै गएमा आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षा तथा अन्य वार्षिक परीक्षाहरु विद्यार्थीहरुलाई दिइएको परियोजना कार्यको मूल्यांकन, यस अघि लिएको परीक्षाहरुको औषत अंक अथवा सम्भव भए अनलाइन माध्यमबाट मूल्यांकन गर्ने गरी उक्त कार्यको तयारी गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ०८ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय