संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय « Khabarhub

संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले संसद्‌ हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले हिउँदे अधिवेशन आज दिउँसो १ बजे अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद्‌ सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापित गर्ने फैसला सुनाएको थियो । अदालतको फैसला बमोजिम फागुन २३ देखि शुरू भएको संसद अधिवशेन औपचारकितामा सीमित भएको थियो ।

संसदको यो अधिवेशनमा सरकारले विजनेश दिएको थिए । बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका थिए ।

सरकारले विजनेस नै नदिएपछि जारी संसद अधिवेशनलाई विपक्षी दलहरूले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याएर उपयोग गर्ने रणनीति बनाए पनि सफल भएनन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्र नै मास्न खोजेको भन्दै संघर्ष गरेका नेपाली कांग्रेस, साविक नेकपाको दाहाल-नेपाल खेमा  र जनता समाजवादी पार्टी नयाँ सरकार गठनका लागि गठबन्धनको प्रयत्नमा छन् । तर उनीहरूबीच गठबन्धन सरकारको प्रधानमन्त्री को हुने भन्नेमा सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : २९ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको