संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय « Khabarhub

संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले संसद्‌ हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले हिउँदे अधिवेशन आज दिउँसो १ बजे अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद्‌ सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापित गर्ने फैसला सुनाएको थियो । अदालतको फैसला बमोजिम फागुन २३ देखि शुरू भएको संसद अधिवशेन औपचारकितामा सीमित भएको थियो ।

संसदको यो अधिवेशनमा सरकारले विजनेश दिएको थिए । बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका थिए ।

सरकारले विजनेस नै नदिएपछि जारी संसद अधिवेशनलाई विपक्षी दलहरूले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याएर उपयोग गर्ने रणनीति बनाए पनि सफल भएनन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्र नै मास्न खोजेको भन्दै संघर्ष गरेका नेपाली कांग्रेस, साविक नेकपाको दाहाल-नेपाल खेमा  र जनता समाजवादी पार्टी नयाँ सरकार गठनका लागि गठबन्धनको प्रयत्नमा छन् । तर उनीहरूबीच गठबन्धन सरकारको प्रधानमन्त्री को हुने भन्नेमा सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : २९ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै