शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय ( सूचीसहित) | Khabarhub Khabarhub

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय ( सूचीसहित)


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले विद्यालय बैशाख भर बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार बसेको बैठकले बैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्दै वैकल्पीक रुपमा पठनपाठन गराउन सिफारिस गरेको थियो ।

बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको हो ।

यी हुन् विद्यालय बन्द हुने शहर

काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकरभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी, भीमदत्त नगरजस्ता शहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको प्रवक्ता गुरूङले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ११ : ३६ बजे

विवाहको न्यूनतम उमेर १८ वर्षमा झारौँ : मन्त्री सुडी

महेन्द्रनगर– बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर

पीएसजीले जितेको रात फ्रान्सका सहरहरूमा बबाल : एक युवकको छुरा हानेर हत्या, ४२६ पक्राउ, २०५ जना घाइते

पेरिस-पेरिस सेन्ट-जर्मेन (पीएसजीले) ले पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि

आँखै कालो हुनेगरी कसले हान्यो मस्कलाई मुक्का ?

काठमाडौं– विश्वका धनाढ्य अर्बपति उद्यमी इलोन मस्कको आँखामा कालो दाग

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत्

एक सातासम्म मनसुन निष्क्रिय बन्दै

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सरदर