चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीश नियुक्त « Khabarhub

चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीश नियुक्त


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषद्को सिफारिसमा कुमार चुडाल र नहकुल सुवेदीलाई न्यायाधीश पदमा नियुक्त गरेकी हुन् ।

न्यायाधीशमा सिफारिस गरिएपछि उनीहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको थियो ।

गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

झापाका चुडाल यसअघि उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहेका थिए भने सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रहेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १२ : ४५ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर