वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रीको आव्हान « Khabarhub

वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रीको आव्हान


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् । उनले नयाँ कोर्ष पूरा नहुन्जेलसम्म नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेका हुन् ।

मन्त्री श्रेष्ठले ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै तोकेको जिल्ला र शहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएपनि अनिवार्य रुपमा वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न आव्हान गरे ।

मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गरी परीक्षाको सञ्चालन गर्न कुनै समस्या नहुने जानकारी गराए । उनले स्वाथ्य प्राटोकललाई कडाईकासाथ पालना गरी परीक्षा सञ्चालन गर्दा कुनै समस्या नहुने स्पष्ट पार्दै भने, ‘सरकारले परीक्षा सञ्चालन भएका विद्यालयको अनुगमन गर्दा गलत देखिए कारबाही गर्नेछ ।’

उनले परीक्षा भएका विद्यालयमा नियमित अनुगमनलाई निरन्तरता दिनेसमेत जानकारी दिए । जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै त्यस विषयमा अवस्था हेरेर विश्लेषण गरिने जानकारी दिए ।

मन्त्री श्रेष्ठले कोभिडको कारण १४ जिल्ला र केही शहरका शिक्षणसंस्था बन्द गर्ने निर्णय भएको बताउँदै सरकारले वैशाख मशान्तपछि बन्द गर्ने वा नगर्ने भन्ने विषयमा अवस्था हेरेर थप निर्णय गर्ने जानकारी दिए ।

यसअघि, सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ३ : ५८ बजे

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष