विभिन्न अस्पतालबाट ७ जना नक्कली डाक्टर पक्राउ « Khabarhub

विभिन्न अस्पतालबाट ७ जना नक्कली डाक्टर पक्राउ


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  शैक्षिक प्रमाणपत्र कीर्ते गरी विभिन्न अस्पतालमा कार्यरत ७ जना ‘नक्कली चिकित्सक’लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतम सुभाष प्रताप साह, मोहम्मद शाहिद राजा, अखिलेश कुमार देव, पल्लवी सिंह, फराज हुसेन खाँ र मोहमद सद्दिक रहेका छन् ।

उनीहरुले बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जान एसएलसीको मार्कसिटमा योग्यता नपुगेपछि नाम, जन्ममिति, प्राप्तांक लगायत विवरण किर्ते गरेर नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ परेका उनीहरुलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार सप्तरी जिल्ला घर भई हाल मोरङ जिल्ला विराटनगर महानगरपालिका वाड नं ५ सम्झना चोकमा बस्दै गरेका ३४ वर्षीय दीपेन्द्र गौतम न्यूरो हस्पिटल विराटनगरमा कार्यरत रहेका थिए ।

यसैगरी महोत्तरी सरपल्लो वडा नं ६ घर भई हाल जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं- ७, जिरोमाईल बस्ने सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन हस्पिटलमा कार्यरत थिए ।

यस्तै सप्तरी, बिष्णुपुर गा.पा.वडा नं-२ घर भई हाल मोरङ विराटनगर म.न.पा वडा नं-५ सम्झनाचोक बस्दै आएका २८ वर्षीय मोहमद सिद्दिकलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनुषा, सवैला न.पा. वडा नं- ५ घर भई हाल ललितपुर महानगरपालिका वडा नं- २ महालक्ष्मीथान बस्दै आएका २८ वर्ष मोहम्मद शाहिद राजा पक्राउ परेका छन् । उनी दिर्घायू गुरु हस्पिटल चाबहिलमा कार्यरत थिए ।

यसैगरी सप्तरी सकरपुरा वडा नं १ घर भई हाल जिल्ला मोरङ महानगरपालिका वडा नं- ३ बरगाछी बस्दै आएका अखिलेश कुमार देव पक्राउ परेका हुन् ।

त्यस्तै महोत्तरी मनरा वडा नं ५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं-२ आदर्श बस्ती बस्दै आएकी २७ वर्षीय पल्लवी सिंहलाई पक्राउ गरेको हो । ललितपुर महानगरपालिका-२ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ०० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने