आईपीएल : दिल्ली ८० रनले पराजित, चेन्नई शीर्ष स्थानमा « Khabarhub

आईपीएल : दिल्ली ८० रनले पराजित, चेन्नई शीर्ष स्थानमा


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ।

बुधबार राति चेन्नईको घरेलु मैदानमा दिल्ली ८० रनको फराकिलो अन्तरले पराजित भयो। टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईबाट १सय८० को लक्ष्य पाएको दिल्ली १६.२ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो । दिल्ली विरुद्ध चेन्नईका बलर इमरान ताहिर र रविन्द्र जडेजाले उत्कृष्ट बलिङ गरे।

ताहिले ४ तथा जडेजाले ३ विकेट लिए। दिल्लीका लागि ९९ रन बजाउने क्रममा कप्तान श्रयस अयरले ४४ र शिखर धवनले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन्। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले २० औभर पूरा खेल्दै १सय७९ रन बनाएको थियो। चेन्नईका लागि सुरेश राइनाले ५९, कप्तान महेन्द्र सिंह धोनीले ४४ रन बनाएका थिए।

यस्तै फाफ डुपिलेसिसले ३९ रन बनाउँदा रविन्द्र जडेजाले २५ रन बनाएका थिए। चेन्नई विरुद्ध दिल्लीका जगदेश सुचितले २ विकेट लिएका थिए भने क्रिस मोरिस र अक्जर पटेलले समान २-२ विकेट लिएका थिए। दिल्लीलाई पराजित गरेको चेन्नई १८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजि दिल्ली दोस्रो स्थानमा छ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ७ : २५ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने