अछाममा भीरबाट लडेर एक जनाको मृत्यु, एक घाइते « Khabarhub

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु, एक घाइते


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको ढकारी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ढकारी गाउँपालिका–१ बासल्लाका ३२ वर्षीय बिर्खे बूढा रहेका छन् । सोही ठाउँका ३१ वर्षीय गणेश बुढा घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय सालटोक्टा बजारबाट घर फर्किने क्रममा बिहीबार राति बासल्ला नजिकैको भिरबाट दुवै जना खसेका थिए । उनीहरू करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पविन्द्रबहादुर बम्मले जानकारी दिए ।

घटनाको खबर पाएलगत्तै प्रहरीचौकी ढकारीबाट प्रहरी सहायक निरीक्षक हरिदत्त भट्टको कमान्डमा तीन जनाको टोली उद्धारका लागि खटिएको थियो ।

उद्धारपछि दुवै जनालाई स्थानीय ढकारी स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन पठाइएका बिर्खेको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बम्मले बताए।

भीरबाट लड्दा बिर्खेको अनुहार, छाती र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घाइते गणेशको अवस्था सामान्य रहेकाले उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

मृतक बिर्खेको शव जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  २ : १२ बजे

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु, एक घाइते

अछाम- अछामको ढकारी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने

चीन भ्रमण फलदायी बनाउन रवि लामिछानेको निर्देशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणमा

यु–१९ महिला क्रिकेट : नेपाललाई भारतको २०६ रनको लक्ष्य

काठमाडौँ- यु–१९ महिला क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेको

छठका लागि केराको किनमेल बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – छठ पर्व नजिकिएसँगै काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा केराको

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ